निर्णय नं. ९५३१ - अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३१ - अपहरण तथा शरीर बन्धक भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/११/०५ ५७३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।११।५।४ मुद्दा : अपहरण तथा शरीर बन्धक ०७०-CR-०७७० पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला गजेहडा गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका रामबहादुर थारू विरूद्ध प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार ०७०-CR-०७७१ पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं. ३ भैसाही घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका बाबुराम थारू विरूद्ध प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार ०७०-CR-०७७२ पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला गजेहडा गा.वि.स. वडा नं. २ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका दिपु भन्ने दिप नारायण थारू विरूद्ध प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार कुनै पनि सर्तमा व्यक्तिको स्वतन्त्रता कुण्ठित बनाई अपहरण गरी बन्धक बनाउने कार्यलाई स्वाभाविक भनी अर्थ गर्न सकिँदैन । व्यक्तिहरू बिच एकआपसमा लेनदेन गरिएको रकम असुल गर्नको लागि कानूनले विभिन्न उपाय निर्धारण गरेको नै छ । पीडितलाई अपहरण गरी शरीर बन्धक बनाउनुको सट्टा कानूनबमोजिमका निर्धारित उपायहरूको अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादीहरूले आफूले लिनुपर्ने भनिएको रकम उठाउनका लागि पीडित जाहेरवालालाई बन्धक बनाएको देखिँदा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. विपरीतको कसुर गरेको देखिन आउने । पीडितको दाजु वैदेशिक रोजगारसम्बन्धी व्यवसायमा संलग्न रहेकोले निजसँग यी प्रतिवादीहरू मध्ये बाबुराम थारू र रूद्रनारायण थारूले वैदेशिक रोजगारको लागि रकम लिनुदिनु गरेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिनुका साथै रकमको लिनुदिनु गरेको यी पीडितसँग नभई निजको दाजुसँग भएको तर अनाहकमा पीडितलाई अपहरण गरी शरीर बन्धक लिने कार्य गरेको देखिएको तथा यिनै प्रतिवादीहरू र जाहेरवाला बिच पक्ष विपक्ष भई चलेको ठगी मुद्दामा ठगी गरेको ठहरी फैसलासमेत भइसकेको अवस्था हुँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिँदा लिएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लभकुमार मैनाली र विद्वान् अधिवक्ता केन्द्रविक्रम शाह प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री विष्णु सुवेदी पुनरावेदन अदालतमा फैसला गर्ने : मा.न्या. श्री ठाकुरप्रसाद शर्मा मा.न्या. श्री बाबुराम रेग्मी फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, बुटवलको फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा यस अदालतबाट मिति २०७०।७।२७ मा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- मिति २०६६।८।२० गतेका दिन बाबुराम चौधरी थारू, बुद्धिराम थारू र बाबुराम चौधरीको भिनाजु नाता पर्ने २ जना मानिस आई छोरा सुनिलकुमार उपाध्यायलाई काम छ भनी घरैदेखि अपहरण गरी लगी राखी फिरौती रकम स्वरूप रू. ९,६