निर्णय नं. ९५३२ - बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३२ - बाली भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०३/२८ २९२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।३।२८।२ ०६८-CI-०५८८ मुद्दाः बाली पुनरावेदक / वादी : राम सेवकको छोरा जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं.१ बस्ने रामखेलावन बाहुन विरूद्ध प्रत्यर्थी / प्रतिवादी : लक्ष्मीकान्तको छोरा जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं. १ बस्ने चन्द्रकिशोर बाहुनसमेत जग्गा मिच्नेको १८ नं. मा कहीँकतै पनि “फैसला अन्तिम भएको मितिले” भन्ने नभई “हक छुट्टिई अन्तिम किनारा भएका मितिले” भन्ने उल्लेख भएको र अंश मुद्दामा भएको फैसलाअनुसार बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी लगत कट्टाको आदेश मिति २०६४।१।६ मा मात्र भएकोले हक छुट्टिने कार्यले मिति २०६४।१।६ मा मात्र पूर्णता पाएको भन्ने जिकिरका सम्बन्धमा हेर्दा बन्डा छुट्याउने, दाखिलखारेज गर्नेलगायतका कार्य हक बेहक छुट्याउने कुरासित सम्बन्धित नभई अन्तिम फैसलाको कार्यान्वयनको पाटो भएकोले अंश मुद्दाबाट हकबेहक छुट्टिने कुरामा अंश पाउने ठहरी अन्तिम फैसला भएको मिति नै मुद्दाको अन्तिम किनारा मिति मान्नुपर्ने हुन्छ । अत: बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी आदेश भएको मिति अन्तिम किनारा मिति हो भन्ने पुनरावेदन जिकिरसित पनि सहमत हुन नसकिनुका साथै बाली भराइ पाउने हदम्याद नै गुजारी फिराद पर्न आएको र प्रत्यर्थी प्रतिवादीले एकलौटीरूपमा बाली खाएको भन्ने ठोस सबुत प्रमाण वादीले गुजार्न नसकेको अवस्थामा वादीदाबी पुग्न नसक्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. मुलुकी ऐन, जग्गा पजनीको १८ नं. सुरू फैसला गर्ने : मा.जि.न्या. श्री सिताप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री रमेश पोखरेल मा.न्या. श्री रत्नबहादुर बागचन्द फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतमा दायर भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म फिरादी वादी भई विपक्षीमध्येका प्रतिवादी चन्द्रकिशोर बाहुन, रामचन्द्र बाहुन शर्माउपर यसै बाँके जिल्ला अदालतमा संवत् २०५९ सालको दे.नं. ११८२ को अंश मुद्दा दायर गरी आएकोमा बाँके जिल्ला अदालतबाट मिति २०६०।९।२० गते फैसला हुँदा वादी दाबीबमोजिम वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट वादीले २ खण्डको १ खण्ड अंश पाउने ठहर भई पुनरावेदन अदालत, नेपालगञ्जबाट समेत सोही फैसला सदर भई अन्तिम भएको । म फिरादीको अंश भागमा परेको जिल्ला बाँके वेतहनी गा.वि.स. वडा नं. १ग कि.नं. १४७, २०७, २१२, २१७, ३०९, ३१०, ३२४, ३२६, ३२९ ऐ. वडा नं. ९ख कि.नं. १३१ का जग्गामा म फिरादीको आधा अंश हक लाग्ने हुँदा ज.वि. १-०-१४१/२ जग्गा पार्दछ । उक्त जग्गाहरूमा न्यूनतमरूपमा पनि प्रतिकठ्ठा ५० के.जी. मकै, ५० के.जी. तोरी, ३० के.जी. अरहर र ३० के.जी. तिल उब्जाउ हुने गर्दछ । २०६० सालदेखि मकै प्रतिकिलो रू.१०।- अरहर रू.४०।- मा किनबेच भइरहेको छ । तसर्थ उल्लिखित जग्गामध्येमा प्रतिवर्ष मकै र अरहर ४३० के.जी. उत्पादन हुने गर्दछ । सोको प्रचलित मूल्यअनुसार अरहरको प्रतिवर्ष रू.१७,२००।- मकैको रू.८,१५०।- पर्दछ । जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं. १क कि.नं. ४५४ ऐ. वडा नं. १ग, क