निर्णय नं. ९५३३ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५३३ - लिखत दर्ता बदर भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/११/२० ७७०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।११।२०।४ ०६९-CI-११५३ मुद्दाः लिखत दर्ता बदर पुनरावेदक / वादी : अन्दुललालको छोरा जिल्ला सुनसरी चादवेला गाउँ विकास समिति वडा नं.४ बस्ने दशनलाल चौधरी विरूद्ध विपक्षी / प्रतिवादी : दशरथको श्रीमती ऐ. बस्ने राधा देवी चौधरीसमेत लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाअनुसार लिखत बदर गराई पाउन १ वर्षसम्म थाहा पाएको ३५ दिनभित्र मुद्दा दायर गरी सक्नु पर्ने देखिन्छ भने लेनदेन व्यवहारको ४० नं. अनुसार यस्तो व्यवहार गरेको सदर हुँदैन भन्ने अर्थ गरी २ वर्षको अवधि नघाई जहिलेसुकै मुद्दा दायर गर्न सक्ने देखिँदैन । आफ्नो समेत हक लाग्ने जग्गा सगोलका हकवालाले बिक्री गरेकोमा तहतह बिक्री भैसकेपछि नालेस गर्ने उल्लिखित हदम्याद नाघेपछि मात्र नक्कल सारी थाहा पाएको भन्ने आधारमा जहिलेसुकै उल्लिखित जग्गाहरूको लिखत बदर गराई माग्न पाउने हक यी वादीलाई कानूनले सुरक्षित गरेको देखिन नआउने । लेनदेन व्यवहारको ४० नं. अनुसार अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा मात्र प्रस्तुत २ वर्षको हदम्याद लाग्न सक्ने हो भने अदालती बन्दोबस्तको ३६ नं. अनुसार हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिन सकिने हो । जुनसुकै अवस्थामा पनि जहिलेसुकै नालिस दिन पाउने छुट ३६ नं. को उक्त कानूनी व्यवस्थाले गरेको हैन । प्रस्तुत विवादमा लेनदेन व्यवहारको महलमा प्रस्ट हदम्यादको व्यवस्था गरिरहेकोमा हदम्याद नघाई अदालती बन्दोबस्तको ३६ नं. बमोजिम भनी हदम्याद नघाई नालिस दिन पाउने देखिँदैन । अत: आफ्नो हक पुग्ने कुरामा म्यादभित्र नालेस गरी कायम गराउन सक्नु पर्नेमा सो नगरी म्याद नघाई फिराद पर्न आएको देखिई सुरू फैसला उल्टी गरी फिराद दाबी नै खारेज हुने ठहर्‍याई भएको पुनरावेदन अदालतको फैसला सदर हुने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बन्धित कानून : सुरू फैसला गर्ने : मा.जि.न्या. श्री लक्ष्मीकृष्ण श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री कुमार चुडाल मा.न्या. श्री रेवन्त बहादुर कुँवर फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) अनुसार यस अदालतमा दायर हुन आई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः यसमा प्रतिवादीमध्येका छेरूलाल चौधरीले म वादीका नाउँमा यसै अदालतमा दे.नं. १४६२ को अंश दर्ता मुद्दा दायर गरी २०५९।८।२९ मा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग भई वादी छेरूलाल चौधरीले म फिरादी दशनलालबाट अंश पाउने ठहरी २०५९।१२।२४ मा फैसला भै पुनरावेदन अन्तिम भइसकेको अवस्थामा र सो अंशमुद्दामा तायदाती फाँटवारीमा नदेखाई दबाएको विपक्षी छेरूलालका नाउँमा दर्ता रहेको जिल्ला सुनसरी चादवेला गा.वि.स. वडा नं. ४(ख) कि.नं. ५२७ को ०–१०–० र ऐ.ऐ. वडा नं. ५(ख) कि.नं. ६६३ को ०–६–१५ को जग्गा सो अंशमुद्दा दर्ता गरेपछि प्रतिवादी ध्रुवकुमार भण्डारीलाई राजीनामा पारित गरी दिई त्यसपश्चात् प्रतिवादी ध्रुवकुमारले प्रतिवादी सजनलाललाई, सजनलालले प्रतिवादी रूनादेवी र राधा देवीलाई, प्रतिवादी रूना देवीले प्रतिवादी गोरेलाललाई र प्रतिवादी गोरेलालले राधादेवीलाई बेचेको जग्गा मेरो ए