निर्णय नं. ९५३५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३५ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०८/१० ३८२४ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।८।१०।५ ०७१-WO-००४७ विषय : उत्प्रेषण / परमादेश निवेदक / पक्ष : जिल्ला बर्दिया, महमदपुर गाउँ विकास समिति वडा नं. १ बस्ने सहजराम कुर्मीसमेत विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला बर्दिया महमदपुर गाउँ विकास समिति वडा नं. २ बस्ने रामानन्द कुर्मीसमेत फैसला कार्यान्वयनको कारणबाट होस् वा अंशबन्डा भएर होस् निवेदक सहजरामले पाउने भनेको दुई भागको एक भागमात्र हो । अतः तहसिलदारको पछिल्लो आदेशबाट निवेदक सहजरामलाई कुनै मर्का परेको छैन । रिट अधिकारक्षेत्रको स्रोत समन्याय हो । प्रत्येक कानूनी त्रुटिमा यो आदेश आफसेआफ जारी हुँदैन । निवेदकलाई कुनै अन्याय नै नपरेको अवस्थामा यो कानूनको रित नपुगेको यस्तो त्रुटि भएको भनी निवेदन दिने हकदैया निवेदकसँग नहुने । (प्रकरण नं.१३) मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. मा “बाबुआमाको जिउ छउञ्जेल अंश दिन छोराछोरीले बाबु आमालाई बाध्य गराउन सक्ने छैनन् । ...स्वास्नीले पनि लोग्नेको जिउ छउञ्जेल लोग्नेको मन्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन ।...”, ऐ. को १९ नं मा “अंश नलिएका स्वास्नी, छोरा, अविवाहित छोरी वा विधवा बुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिएबमोजिम हुन्छ ।” भन्ने व्यहोरा र देहाय (१) देखि (४) सम्मको व्यवस्था तथा लेनदेन व्यवहारको महलको ८, ९ समेतका कानून र यस अदालतबाट विभिन्न फैसलामा व्यक्त धारणाअनुसार सन्तानको लागि बाबु-आमा र स्वास्नीको लागि लोग्नेको जुन हैसियत स्थान रहन्छ एक भाइ अर्को भाइको लागि सोसरहको हैसियतमा रहेको हुँदैन । लेनदेन व्यवहारको ९ नं. ले बाबु आमा र लोग्नेलाई प्रधानता दिएको हो । सो कानूनले बाबु आमा लोग्नेको सम्पत्तिमा छोरा स्वास्नीको हक पुगेपछिमात्र साहुले बिगो भराउन पाउने भनी गरेको व्यवस्था समान स्तरको दाजु भाइले गरेको व्यवहारमा आकर्षित हुने नदेखिने । (प्रकरण नं.१५) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ताद्वय गोपालकृष्ण घिमिरे र सुरेशकुमार पौडेल प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता कृष्णप्रसाद सुवेदी अवलम्बित नजिर : ने.का.प. २०५७, अङ्क ५ मा प्रकाशित नि.नं. ६९०४ ने.का.प. २०६७, अङ्क १ मा प्रकाशित नि.नं. ८२९० ने.का.प. २०६७, अङ्क १२ मा प्रकाशित नि.नं. ८५२८ ने.का.प. २०६८, अङ्क ९ मा प्रकाशित नि.नं. ८६८१ सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं. ८५ नं. मुलुकी ऐन, अपुतालीको महलको २२ नं. मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ८ र ९ नं. मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. आदेश न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- निवेदक सहजरामको भाइ तथा शान्ति कुर्मीको पति ऋणी जीतराम अत्यधिक मद्यपान गर्ने लफङ्गिएर हिँड्ने घरप्रति कुनै वास्ता नै नगर्ने, घरको मुख्य दामकाम गर्ने व्यक्ति निवेदक सहजराम भएको हुँदा मेरो जानकारी र मन्जुरी बिनाको ऋण मुलुकी ऐन, लेनदेन व्यवहारको ८/९ नं. प्रतिकूल हुँदा उल्लिखित बिगो निवेदक सहजरामको कि.नं. ९० को क्षेत्रफल ०.१९६५ वर्ग मिटरबाट भरिपाउने होइन । निवेदकको मागबमोजिम बर्दिया जिल्ला अदालतबाट तामेलीमा रहेको त्यसमा फेरबदल भै तात्विक भिन्नता नै नभएको अवस्थामा सोको