निर्णय नं. ९५३६ - वैदेशिक रोजगार ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३६ - वैदेशिक रोजगार ठगी भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०६/१३ ९६७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. फैसला मिति : २०७२।६।१३।४ ०७०-CR-०२८९ मुद्दा : वैदेशिक रोजगार ठगी निवेदक / वादी : चक्रबहादुर बोहरासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, इटहरी गा.वि.स. वडा नं. ६ घर भई हाल श्रृष्टि ओभरसिज इन्प्लोयमेन्ट सर्भिसेज प्रा.लि. का सञ्चालक ध्रुवबहादुर अधिकारीसमेत प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी दाबी प्रमाणित गर्ने दायित्व वादीको हो । वादी नेपाल सरकारले आफ्नो अभियोग दाबी पुष्टि गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा प्रतिवादीउपर कसुर गरेको भनी लेख्ने लेखाउने जाहेरवालाहरू ती आफ्ना साक्षीलाई बकपत्र गराई दाबी खम्बिर गर्न नसकेको अन्य शङ्कारहित सबुद प्रमाणसमेत पेस गर्न नसकेको देखिँदा प्रतिवादीलाई सफाई दिएको फैसला मिलेकै देखिने । (प्रकरण नं.४) निवेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० तथा ४३ नं. प्रमाण ऐन, २०३१ को दफा २५ सुरू तहमा फैसला गर्नेः- माननीय सदस्य श्री अग्निप्रसाद थपलिया माननीय सदस्य श्री डा. रवि शर्मा अर्याल फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) अनुसार वैदेशिक रोजगार न्यायाधिकरणको फैसलाउपर यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- रिलायबल इन्टरनेसनल प्रा.लि.का सञ्चालकहरू देवेन्द्र कार्की, विश्व कार्की र श्रृष्टि इम्प्लोइमेन्ट ओभरसिज प्रा.लि. का सञ्चालकहरू ध्रुवबहादुर अधिकारी, सह-सञ्चालक दिपसुन्दर ढकाल, सञ्चालक दुर्गाबहादुर कुँवर र सो मेनपावरका स्टाफ राजेश गौतमसमेतले वैदेशिक रोजगारको सिलसिलामा दुबई रोजगारीका लागि पठाइदिन्छौं भनी हामी पीडित पक्षहरू जाहेरवालाहरू दुई जनाको सक्कल राहदानी र विभिन्न मितिमा फरक फरकका दरले जम्मा रकम रू. ७८,००,०००।– (अठहत्तर लाख रूपैयाँ) बुझिलिएअनुसार सो मुलुकमा काम गर्न पठाइदिने सर्तमा नक्कली भिजिट भिसा र दुबईको नेपाली राजदुतावासको प्रथम सचिवको सही भएको कागज देखाई विभिन्न किसिमको प्रलोभनसमेत देखाई झुट्ठा आश्वासन दिई आलटाल गरी भाखा मिति सारी श्रृष्टि इम्प्लोमेन्ट प्रा.लि.का सञ्चालक दुर्गाबहादुर कुँवर हाल फरार भई लुकिछिपी हिँडेको र रिलायबल इन्टरनेसनल प्रा.लि.का मुख्य सञ्चालक ध्रुवबहादुर अधिकारी हाल सम्पर्कमा रहे तापनि लुकिछिपी हिँडेको हुनाले हामी पीडितहरूको सो सक्कल राहदानी र साँवा रकमसमेत ठगी खाने नियत गरेको हुनाले निज विपक्षी मेनपावर कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी हाम्रो राहदानी, साँवा र सो रकमको क्षतिपूर्तिबापत ५० प्रतिशत हर्जानासमेत दिलाई भराई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला चक्रबहादुर बोहरासमेत ७० जनाले संयुक्तरूपमा वैदेशिक रोजगार विभागसमक्ष पेस गरेको जाहेरी दरखास्त । म रिलायबल इन्टरनेसनल प्रा.लि. को मेनेजिङ डाइरेक्टर हुँ । उक्त प्रा.लि केदार गौतम, दिपसुन्दर ढकाल, म र देवेन्द्र कार्कीले सेयर नाफाबाट बराबर बाँडिलिने सर्तमा सञ्चालन गर्दै आएको हौं । दुर्गा कुँवरले रिलायबल मेडिकल सेन्टर खोलेको भन्ने गर्दथ्यो