निर्णय नं. ४२९१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२९१ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२४ २२३८ निर्णय नं. ४२९१ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको फौ.पु.नं. ३३८ फैसला भएको मिति: २०४८।५।२४।२ मा पुनरावेदक/वादी : बिजुले थापाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : सल्यान कारागोठी गा.वि.स. वडा नं. ९ बस्ने कुलबहादुर रोका मुद्दा : कर्तव्य ज्यान (१) ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नु पर्ने सम्मको रिसइवी, मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उद्धिग्नता उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोंकमा आफूसंग भएका वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु पर्ने । (प्रकरण नं. १८) (२) रिसका आवेशमा तत्काल आई केही सामान्य लात, मुक्का वा यस्तै अन्य वस्तुले हानी मृतकको मृत्यु भएको नभई प्रतिवादीले मार्ने साधन बरियो खोजी ल्याई डोरीले घाँटी कसी मृत्यु गराएको देखिएकोले शुरु अञ्चल र क्षे.अ.ले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. लगाई सजायँ गरेको मिलेन । (प्रकरण नं. १८) (३) मार्ने र मर्नेको सम्बन्ध लोग्ने स्वास्नीको देखिएको र अपराधको अवस्था विचार गर्दा प्रतिवादीको कलिलो उमेर भएकोले परिपक्वता आई नसकेको हुँदा १७ दिन अघिमात्र सौता ल्याएको कारणबाट मर्नेले आफ्नो लोग्नेलाई केही कुरा भनेकोबाट क्रोधित भई अपराध गरेको अवस्था देखिएबाट कानुनमा तोकिए बमोजिमको हदैसम्मको सजायँ गर्दा चर्को हुन जाने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. १८) पुनरावेदकतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनमा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :– २. कुलबहादुर रोकाले मेरो छोरी फुमलीलाई विवाह गरी निजबाट डेढ वर्षको छोरी १ समेत भएकोमा निजले पुतलीलाई दोश्रो विवाह गरी बसेकोमा ०४४।८।१२ (साविक पेज नं. २०२) गते राती निज कुलबहादुर रोका सहितको परिवार आफ्नो घरमा सुतिरहेका रहेछन्, निजहरु मध्ये मेरो छोरी फुमली रोका आफू सुतेको कोठामा नै मरी मृत्यु भएको भन्ने कुरा आज २०४४।८।१३ गते बिहान ६ बजे कुलबहादुरका बाबु दलबहादुरबाट सुनी थाहा पाई जाहेर गरेको छु, फुमलीलाई कुलबहादुर र पुतली रोकाले नमालुम कुन समयमा के कारणबाट कसरी कर्तव्य गरी मारेका हुन् कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने बिजुले थापाको २०४४।८।१३ को जाहेरी दर्खास्त । ३. दुवै आँखा चिम्लिएकी, नाक, मुख सुकेको, दायाँतर्फको चिउँडो मुनि घाँटीमा अं. ६ इन्च जती छाला खुइलिएको दागी देखिएको लाशको योनीबाट रगत जस्तो दाग देखिएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४४।८।१४ को घटनास्थल लाश प्रकृति मुचुल्का । ४. २०४४।८।१२ गतेको बेलुकीको खाना खाई म गाउँतर्फ गएको र गाउँबाट राती घरमा आई जेठी श्रीमती फुमली सुत्ने गरेको कोठामा घरको बाहिर झ्यालबाट चढी गई निजलाई करणी गर्न लाग्दा निजले गाली गरेको र मैले करणी गरिसकेपछि पनि निजले विभिन्न प्रकारका अपशब्द प्रयोग गर्दै गाली गरेकोले मलाई ज्यादै रिस उठी निजलाई बरियोले निजको घाँटी कसी मारेको हुँ भनी प्र.कुलबहादुर रोकाले २०४४।८।३० गते प्रहरीमा