निर्णय नं. ९५३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५३७ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/१०/०७ ५५९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।१०।७।५ ०६९-CR-०२७९ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : मोतिलाल वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला वोवाङ्ग गाउँ विकास समिति वडा नं. ७ बस्ने यामबहादुर कामी ०६९-RC-०१०५ वादी : मोतिलाल वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : दलबहादुर कामी प्रतिवादीले मृतकलाई लक्ष्य गरी मुङ्ग्रो प्रहार गरेको नभए पनि मृतकका छोरा राजिनलाई ठिक पार्ने मनसाय लिई कम्मरमा छुरी बाँधी हातमा मुङ्ग्रो लिई गएको र राजिनलाई हान्ने मनसायले मुङ्ग्रो प्रहार गरेकोमा मृतकलाई लाग्न गएको भन्ने निज प्रतिवादीको बयानबाटै खुल्न आएबाट प्रतिवादी दलबहादुरले राजिन वि.क.लाई मार्ने मनसाय लिई वारदातस्थलमा गएकोमा राजिनलाई प्रहार गरेको मुङ्ग्रोले बिचमा छुट्याउन आएका आसबहादुरलाई लागेर मृत्यु हुन गएकोसम्म देखिन्छ । राजिन र दलबहादुरको बिचमा आसबहादुर नआएका भए सो मुङ्ग्रोको प्रहारबाट राजिनको मृत्यु हुने अवस्था देखिएकाले त्यहाँ प्रतिवादीको आपराधिक मनसाय थिएन भन्न सकिने अवस्था पनि नदेखिने । एउटालाई लक्षित गरी प्रहार गर्दा अर्को व्यक्तिलाई लाग्न गई मृत्यु हुन्छ भने त्यस्तो अवस्थामा मनसाय तत्त्वको अभाव रहेको भनी व्याख्या गर्न मिल्दैन । त्यस्तोलाई सरेको मनसायबाट भएको आपराधिक कार्य मान्नु पर्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता शोमकान्त भण्डारी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६४, नि.नं. ७८४४ अङ्क ५ ने.का.प. २०६१ नि.नं. ७४६६ पृ. १४८६ सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२), १३ (३), १८८ नं. सुरू फैसला गर्ने अदालत : मा.जि.न्या. श्री रामेश्वरनाथ अमात्य पुनरावेदन तहमा फैसला गर्ने अदालत : मा.न्या. श्री सारदाप्रसाद घिमिरे मा.न्या. श्री भुपेन्द्रप्रसाद राई फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : पुनरावेदन अदालत, बागलुङको मिति २०६८।१२।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः मिति २०६६।७।२ गतेको साँझ अं. २० बजेको समयमा जिल्ला बागलुङ वोवाङ्ग गाउँ विकास समिति वडा नं. ७ बस्ने आसबहादुर कामीलाई ऐ. ऐ. बस्ने दलबहादुर कामी, यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीले चारैतिरबाट घेरा हाली काठको मुङ्ग्रो एवम् फलामको छुरासमेतले प्रहार गरी घटनास्थलमा नै निज आसबहादुर कामीको मृत्यु भएको हुँदा निजहरूलाई कर्तव्य ज्यान मुद्दामा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मोतिलाल वि.क. को जाहेरी दरखास्त । बागलुङ जिल्ला वोवाङ्ग गाउँ विकास समिति वडा न. ७ स्थित मर्मदेखि पूर्व शेरबहादुर कामीको बारी, पश्चिम जङ्गे कामीको पाखोबारी, उत्तर भक्तलाल कामीको बारी, दक्षिण बले कामीको बारी यति ४ किल्लाभित्र पर्ने जङ्गबहादुर कामीको बारीमा पूर्व टाउको, पश्चिम खुट्टा गरी बायाँ कानसमेतबाट रगत बगी मृतक आसबहादुर कामीको लास रहेको, लासको बायाँतर्फ टाउको नजिक काठको मुङ्ग्रो, सो साथ काठको दोवनी भएको फलामको चक्कु रहेको, टाउको माथि १.५ इन्चको काटिएको घाउ र बायाँ कान काटिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल एवम् लास जाँच मुचुल्का । टाउकोमा ग