निर्णय नं. ९५३८ - हातहतियार तथा खरखजाना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५३८ - हातहतियार तथा खरखजाना भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/०५/३१ ४८८३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।५।३१।५ ०६९-CF-०००५ मुद्दा : हातहतियार तथा खरखजाना पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं.२ बस्ने संजयकुमार साह विरूद्ध प्रत्यर्थी / वादी : प्र.नि. मोहनकुमार शेर्पाको प्रतिवेदन तथा रामजीवनप्रसाद गुप्ताको जाहेरीले नेपाल सरकार निमित्त प्रमुख जिल्ला अधिकारीले मुद्दाको निर्णय नै गरेको नभई प्रमुख जिल्ला अधिकारी अनुपस्थित रहेको अवस्थामा बकपत्रका लागि उपस्थित गराइएका साक्षीको बकपत्र गराई मुद्दाको कारवाही अगाडि बढाएकोसम्म देखिएको छ । त्यसरी प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीले गराएको बकपत्र प्रमुख जिल्ला अधिकारीबाट अनुमोदन गराउनै पर्ने अनिवार्य कानूनी व्यवस्था देखिँदैन । मूलतः बकपत्र भएको हो, होइन र बकपत्र गराइँदा इच्छाविपरीत गराइएको छ, छैन भन्ने कुरा हेरिनु पर्ने । अनुचित प्रभाव नपारी सहजरूपमा बकपत्र भएको अवस्थामा मुद्दाको कार्यविधिगत कुरामा निमित्त प्रमुख जिल्ला अधिकारीले साक्षीको बकपत्रसम्म गराएको देखिन्छ । बकपत्र गर्ने र गराउनेले कुनै आपत्ति गरेको देखिँदैन । प्रतिवादीले बकपत्रमा जिरह गर्न पाउने नै हुन्छ । बकपत्र गर्ने व्यक्ति उही हो र गराउने निकाय पनि उही भएको अवस्थामा प्रतिवादीले जिरह लिई आफ्नो प्रतिरक्षा गर्न पाउने नै भएकोमा अन्यथा कुरा झिकी त्यस्तो बकपत्रलाई शून्यकृत गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, लभकुमार मैनाली र विद्वान् अधिवक्ता जयनारायण पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्र थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्ने : प्र.जि.अ. श्री रेवतीराज काफ्ले पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री भोलाप्रसाद खरेल मा.न्या. श्री गिरीराज पौड्याल सर्वोच्च अदालतमा फैसला गर्ने : मा.न्या.श्री अवधेशकुमार यादव मा.न्या.श्री कमलनारायण दास फैसला न्या.बैद्यनाथ उपाध्याय : यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच रायमा मतक्यैता नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- धनुषा जिल्ला, सखुवा महेन्द्रनगर गा.वि.स. वडा नं.१ स्थित सडकमा स्थानीय व्यक्तिहरूले घेराउ गरी राखेको अवस्थामा अनिल भन्ने निर्मलकुमार सिंह, उमाशंकर अरगरीया, राजकुमार पुर्वे, राजकरण यादव, ओमप्रकाश यादव, धर्मेन्द्र पाठक, सन्तोषकुमार साह, श्याम शर्मा, शम्भु यादव, रामविनोद यादव, रामबाबु भन्ने विन्देश्वर साह र संजयकुमार साहसमेतलाई प्रक्राउ गरी शरीर तलासी गर्दा संजय साहको हातमा भोजपुर लेखेको काठको बिँड भएको १५ इन्च लम्बाई भएको खुकुरी थान-१ र निजले सर्टभित्र कम्मरमा लुकाई राखेको अवस्थामा कक भएको अवस्थामा अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ९ एम.एम.११ राउन्ड पेस्तोल नं.१७४० लेखेको पेस्तोल नाल-१ गोली लोड भएको अवस्थामा फेला परेको र कालोदापसहित २७१/२ इन्च लम्बाई भएको तरवार थान-१ समेत बरामद भएको हो भन्नेसमेत व्यहोराको बरामदी तथा खानतलासी मुचुल्का । मिति २०६०।२।३ गत