निर्णय नं. ९५४० - बन्डा बदर, दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५४० - बन्डा बदर, दर्ता बदर दर्ता कायम भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/०८/२० ३३२८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।८।२०।१ ०६८-CI-०६९१ मुद्दा : बन्डा बदर, दर्ता बदर दर्ता कायम पुनरावेदक / वादी : रौतहट जिल्ला, सोनरनीया गा.वि.स.वडा नं. ३ बस्ने महिन्द्र ठाकुर लोहार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला, सोनरनीया गा.वि.स.वडा नं. ३ बस्ने लालबाबु प्रसाद यादवसमेत मुद्दामा प्रतिवादीहरूका पितासमेतले २०२२ सालमा नै वादीका पितालाई राजीनामा गरी दिएको जग्गा प्रतिवादीका पिताले आफ्नै नाममा नापी दर्ता गराई आफू र छोराहरूका बिचमा बन्डापत्र पारित गरेको कार्य दूषित प्रकृतिको भै सो दूषित कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा जग्गा पजनीको २क नं. बमोजिमको हदम्याद आकर्षित हुन नसक्ने भनी हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको देखिन नआउने । (प्रकरण नं.६) पुनरावेदक वादीका बाबुले प्रतिवादीका बाबुसमेतबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामा लिखतलाई प्रतिवादीहरूका बाबुले लिखितरूपमा स्वीकार गरिरहेको एवम् दाबीको जग्गामा वादीको घरबास रहेको कुरा अंश मुद्दाको तायदातीबाट देखिइरहेको तथा उक्त जग्गा नामसारी दाखिल खारिज गरिलिन पाउने वादीको हक सुरक्षित नै रहेको हुँदासमेत वादी दाबी पुग्ने गरी ठहर निर्णय गर्नुपर्नेमा वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदनको फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई वादी दाबीको कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट ०-१-५ जग्गाको प्रतिवादीहरूका बिचमा मालपोत कार्यालय, रौतहटबाट मिति २०५८।६।३ मा पारित भएको बन्डापत्र र सोका आधारमा भएको प्रतिवादी प्रमोदकुमार यादवका नामको सो हदसम्मको दर्तासमेत बदर भई वादीका नाममा दर्ता कायम हुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू मात्रिका निरौला, नवराज उपाध्याय र उद्धव चौलागाई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६७ अंक २ नि.नं. ८३१२ ने.का.प.२०६८ अंक १० नि.नं. ८७०२ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री पुरूषोत्तमप्रसाद ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री पुरूषोत्तम पराजुली मा.न्या. श्री विदुर विक्रम थापा फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।९।१८ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- पिता बंगाली ठाकुर लोहारको एक श्रीमती स्व.रेश्मी देवी र दुई छोरामा जेठा जोगिन्द्र ठाकुर र कान्छो म वादी हौं । पिताको मिति २०४२।४।१० मा मृत्यु भई निजको हक खाने हामी दाजुभाइ छौं । पिताले विपक्षीका पिता चोवालाल राय यादवबाट निजका नाम दर्ताको तत्कालीन गा.पं. सोनरनीया वडा नं. २ को साबिक कि.नं. २००३ को ०-२-१६ जग्गामध्ये उत्तरतर्फबाट ०-१-८ जग्गा निज चोवालालले र.नं. ४४२ मिति २०२२।८।११ बाट र विपक्षीका काका गंगाराम रायले कि.नं.२००३ को ०-२-१६ मध्ये दक्षिणतर्फबाट ०-१-