निर्णय नं. ९५४१ - सम्पत्ति शुद्धीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५४१ - सम्पत्ति शुद्धीकरण भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/१०/११ ८११८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।१०।११।२ मुद्दा : सम्पत्ति शुद्धीकरण ०७०-CR-१३४१ पुनरावेदक / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ स्थायी ठेगाना भई काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सरिता गिरी राईसमेत ०७०-CR-१७२२ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सरिता गिरी राई विरूद्ध प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार ०७१-CR-१४२९ पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, पाल्चोक गा.वि.स.वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सेति गिरी विरूद्ध प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३०(५) मा “यस ऐनअन्तर्गतको कसुर गर्न उद्योग गर्ने, गर्न मद्दत गर्ने वा दुरूत्साहन दिनेलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरणको कसुरमा प्रत्यक्षरूपमा संलग्न नरही त्यस्तो कसुर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा त्यस्तो कसुर गर्न दुरूत्साहन गर्नेलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मुख्य कसुरदारलाई हुने सजायको आधी सजाय हुने देखिन्छ । प्रतिवादी सरिता गिरीका नाममा अद्यापि विभिन्न बैंकमा नगद मौज्दात तथा जग्गा रहेको र निजले आफ्नो पति निर्मल राईको मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाई निर्मल राईका नाममा रहेको सम्पत्ति आफ्ना नाममा नामसारी गराई आफ्ना नजिकका नातेदार बाबु, आमा, दाजु, भाउजूका नाममा कुनै रकम नलिई तहतह हक हस्तान्तरण गरिदिएको देखिन्छ । उक्त सम्पत्ति निजले आफ्नै प्रयत्नबाट आर्जन गरेको नदेखिनुका साथै वादी नेपाल सरकारले पनि निजले सो सम्पत्ति आफैँले आर्जन गरेको भनी दाबी लिन सकेकोसमेत देखिँदैन । यसप्रकार यी पुनरावेदक प्रतिवादी सरिताले आफ्नो पति निर्मल राईले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरी आर्जन गरेको सम्पत्ति प्राप्त गरेको तथा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारी गरी तहतह हस्तान्तरण गरी पतिले गरेको कसुर अपराधको कार्यमा सहयोगीको भूमिका निभाएको देखिने । (प्रकरण नं.४) प्रतिवादी सरिताका नाममा रहेका नगद, घरजग्गा तथा निजले अन्य प्रतिवादीहरूलाई हक हस्तान्तरण गरिदिएका सम्पत्तिहरू निजले आफैँले कुनै कार्य गरी आर्जन गरेको भन्ने नदेखिई निजले निर्मल राईको श्रीमतीका नाताले प्राप्तसम्म गरेको देखिन्छ । त्यसैगरी अन्य प्रत्यर्थी प्रतिवादीहरूले आफ्नी छोरी, बहिनी तथा नन्द नाताकी प्रतिवादी सरिताको आग्रहमा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारीसम्म गराई लिएको देखिन्छ । प्रत्यर्थी प्रतिवादीहरू सम्पत्ति शुद्धीकरणको कसुरजन्य कार्यमा प्रत्यक्ष संलग्न रहेको मिसिल प्रमाणबा