निर्णय नं. ९५४२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५४२ - लेनदेन भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/०२/३२ ३५०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।२।३२।२ ०६९-CI-०१४८ मुद्दाः लेनदेन । पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३० ठमेल बस्ने संजीव तुलाधर विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, नंखेल गा.वि.स. वडा नं. ९ बस्ने शम्भूलालदेव प्रधान सुरू जिल्ला अदालतले फैसला गर्दा वादीको वारेसले दिएको निवेदन र सो निवेदनमा निमित्त स्रेस्तेदारले गरेको तोक आदेशतर्फ न्यायिक मनको प्रयोग गर्न सकेको अवस्था देखिँदैन । वादीको वारेसले दिएको निवेदन व्यहोराबाट र निमित्त स्रेस्तेदारको तोक आदेशको व्यहोराबाट वादीको वारेसले जानाजान तारेख गुजारी बसेको भन्ने देखिँदैन । वादी अमेरिकामा बस्ने गरेका हुँदा निजलाई उपस्थित गराउनको लागि समय माग गरी तारेख रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी वादीको वारेसले दिएको निवेदनमा निवेदन मागबमोजिम पक्षलाई उपस्थित गराउने समय प्रदान गरी तारेखमा राखी राख्न मिलेन भनी नि. स्रेस्तेदारबाट आदेश भएको कारण वादीको वारेस तारेखमा नबसेको भन्ने देखिँदा यस्तो अवस्थालाई वादी पक्ष स्वयंले जानाजान तारेख गुजारी बसेको भन्ने अर्थ गर्न मिल्दैन । अदालतकै आदेशअनुसार वादीको वारेस तारेखमा नबसेको र प्रतिवादीले रकम तिर्न बाँकी नरहेको भनी तारेखमै बसिराखेको भन्ने आधारमा मुद्दा डिसमिस गरिएकोलाई तथ्यको विश्लेषण गरी भएको भन्न नमिल्ने । (प्रकरण नं.२) वादी अमेरिकामा बस्ने गरेको र वादी वारेस तारेखमा बस्न खोज्दाखोज्दै निजलाई तारेखमा राखी राख्न परेन भनी आदेश गरिदिएको कारणले तारेखमा नबसेको देखिनुलाई वादीको वारेसले जानीजानी तारेख गुजारी थाम्ने थमाउने म्यादसमेत गुजारी बसेको भन्न नमिल्ने । पक्षलाई उपस्थित गराउन समय माग गरी तारेखमा रहन पाउँ भनी निवेदन दिएपछि पक्ष उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कारण भए सोही कुरा स्पष्ट खुलाई आदेश गरिनुपर्नेमा तारेखमै बस्छु भनी रहेको वारेसलाई तारेखमा राखि राख्न मिलेन भनी आदेश दिनुलाई न्यायसम्मत भन्न नमिल्ने । पक्षलाई उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कुनै कारण नै रहे पनि सो कारणले वारेसलाई तारेखमा राख्न नपर्ने भन्ने हुँदैन । वादीले पैसा लिन बाँकी छ भनिरहेको र प्रतिवादीले पैसा तिरिसकेको छु भनेको अवस्थामा विवादको निराकरण गर्नको लागि पनि वादी स्वयंलाई उपस्थित गराई जो बुझ्नुपर्ने हुन्छ त्यतापट्टि लाग्नुको सट्टा वादीको वारेसकै तारेख टुटाउने कार्य हुन गएको देखिदा नि. स्रेस्तेदारको आदेश नै गलत देखिन्छ । त्यस्तो गलत आदेशको भर गरी वादीको वारेसले तारेख छोडेको भन्ने अर्थ गरी भएको डिसमिस फैसलालाई न्यायको रोहबाट हेर्दा त्रुटिपूर्ण भन्नुपर्ने हुन्छ । त्यसैले सुरूको डिसमिस फैसलालाई रितपूर्वकको भन्न नमिल्ने भई सुरूको फैसला बेरितको ठहर्‌याई पक्षहरूलाई तारेख तोकी पुनः इन्साफका लागि मिसिलसमेत सुरूमा पठाएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री बलभद्र बास्तोला पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको म