निर्णय नं. ९५४६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५४६ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/०७/३० ६८८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।७।३०।२ मुद्दा : कर्तव्य ज्यान ०६७-CR-१३१८ पुनरावेदक / वादी : सोमप्रसाद डोटेलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला, विदुर न.पा.वडा नं.१ वस्ने रत्नमाया थपलियासमेत ०६८-CR-००२२ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला विदुर न.पा. वडा नं. १ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको बलराम भन्ने हरिप्रसाद थपलिया विरूद्ध प्रत्यर्थी / वादी : सोमप्रसाद डोटेलको जाहेरीले नेपाल सरकार प्रतिवादी रत्नमाया थपलियाले मृतक दुर्गा थपलियाको लासलाई दबाउने र अपराधबाट छोरा हरिप्रसादलाई बचाउने उद्देश्यले मृतक दुर्गा थपलिया आफैँ झुन्डिई मरेकी भन्ने देखाउन लास झुन्डाउने कार्यमा सम्म सहयोग गरेको देखिन्छ । मृतक दुर्गा थपलियाको मृत लासलाई झुन्डाउने कार्यमा सम्म यी प्रतिवादी रत्नमायाले प्रतिवादी हरिप्रसादलाई सहयोग गरेको देखिन आएकोले निजको उक्त कार्य ज्यानसम्बन्धीको महलको २२, २३ र २४ नं. मा उल्लिखित कसुर देखिन आई ऐ.को २५ नं. अनुसार निजलाई रू.२०।- जरिवाना हुने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता हरिबहादुर कार्की तथा वैतनिक कानून व्यवसायी अधिवक्ता किरणकुमारी गुप्ता अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जि.न्या. श्री मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।१५ को फैसलाउपर वादी तथा प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मेरी छोरी दुर्गा र बलराम भन्ने हरिप्रसाद थपलियाको २०६१ सालमा सामाजिक परम्पराअनुसार विवाह भई एक नातिको जायजन्म भई घरव्यवहार सञ्चालन गर्ने क्रममा मेरो छोरीलाई निजको सासू रत्नमाया थपलियासमेतले विभिन्न यातना दिँदै आएकोमा प्रहरीमा समेत उजुरी गरेकी र मिति २०६४।४।३२ गते राति निज छोरीको घरमा नै मृत्यु भएको छ भन्ने थाहा पाई गई हेर्दा छोरीको मृत्यु कर्तव्यबाट भएको देखिएको । आफैँ आत्महत्या गर्नुपर्ने कुनै कारणसमेत नभएको । छोरीको घाँटीमा डोरीको पासो लागेको, छोरीको शरीरको यत्रतत्र भागमा निलडामसमेत देखिएको कारण निज छोरीलाई निजकै श्रीमान्‌ बलराम भन्ने हरिप्रसाद थपलिया र सासू रत्नमाया थपलियासमेतले नै कर्तव्य गरी मारी अपराध ढाकछोप गर्न झुन्डाएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्ने सोमप्रसाद डोटेलको जाहेरी दरखास्त । निज बलराम थपलियाको मूलढोका ढक्याएको अवस्थामा बन्द गरेको हुँदा ढोका खोली हेर्दा मकैको घोगा तथा खोयाहरू छरपस्ट अवस्थामा देखिएको, भात तथा तरकारी छोपी राखेका अवस्थामा भई भात १।२ पन्यू मात्र निकालेको अवस्थामा देखिएको, सो घरको माथिल्लो तलामा गई हेर्दा खोस्टासहितका मकैहरू छरबर अवस्थामा देखिएको, बार्दलीतर्फ गई हेर्दा बार्दलीको छानाको बलोमा बरियोसहितको नाम्लो बाँधी घाँटीमा कसिएको अवस्थामा घुँडासमेत टेकेर झुन्डिएको अवस्थामा मृतक लास रहेको, मृतकको कम्मरअगाडिको भाग तथा तिध्राको भाग प्लाइउडमा अडेस लागेको मृतकको