निर्णय नं. ४२९२ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२९२ - निषेधाज्ञा भाग: ५५ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२६ २३८५ निर्णय नं. ४२९२ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४५ सालको दे.पु.नं. ७३८ आदेश भएको मिति: २०४८।५।२६।४ मा पुनरावेदक/वादी: लक्ष्मी रोजनी एण्ड टरपेन्टाइन इण्डष्ट्रिज प्रा.लि. विरुद्ध विपक्षी/प्रतिवादी: प्रधान अधिकृत नेपालगंज नगरपञ्चायत बाँकेसमेत विषय : निषेधाज्ञा (१) निकासी हुने खोटोमा कर लिने र निकासा भएको खोटोको बाँकी असूल गर्ने भन्ने हुँदा निवेदकको नागरिक अधिकार ऐन, २०१२ को दफा ८ बमोजिम प्रदत्त हकमा आघात पर्ने आशंका विद्यमान रहेको हुँदा माग अनुसार निषेधाज्ञा जारी गर्ने गरेको शुरु अञ्चल अदालतको आदेश मनासिब भई निषेधाज्ञाको निवेदन खारेज गर्ने गरेको क्षे.अ.को आदेश उल्टी हुने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत अवलम्बित नजीर : ने.का.प. २०४५, अंक ४ पृष्ठ २८५ मिति २०४५।२।३१।२ मा निर्णय नं. ३४३२ निवेदक गायत्रीप्रसाद रिजाल वि.विराटनगर नगरपञ्चायत भएको उत्प्रेषणयुक्त परमादेशको रिटमा प्रतिपादित सिद्धान्त । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. म.प.क्षे.अ.को इन्साफमा चित्त नबुझाई वादीको यस अदालतमा दायर हुन आई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :– २. लक्ष्मी रोजीन एण्ड टरपेन्टाइन इण्डष्ट्रिज (प्रा.लि.) नेपालगंज कोहलपुरमा खोटो सड्ढलन गरी नगरपञ्चायतको बाटो हुँदै निकाशी गर्दा ठे.कृष्णचन्द्र मिश्रले नगरपञ्चायत कर लिन खोजेको ०४३।८।१३ मा ने.गं.न.पञ्चायतका प्रधान अधिकृत समक्ष उद्योगले भारत निकासी गर्ने खोटोमा कर नलिने व्यवस्थाका लागि निवेदन गरेकोमा खोटो नगरपञ्चायत इलाका भित्र नरोकी निकाशी गरेकोमा कर लिन नपाउने हुँदा न.पं.ले नलिनु भन्ने आदेश भएको ठे.कृष्णचन्द्रले ०४३।८।२६ मा रु. १८९१।– कर लिएको र प्र.अ.संग निवेदन गर्दा रकम फिर्ता दिनु भन्ने आदेश भएको । सो बाहेक ५६७२।६५ र रु. १४००।– समेत कर चौकीमा कर लिनु भएको विपक्षी मध्येका प्रधान अधिकृतले ०४३।१२।२२ मा उद्योगलाई बोधार्थ गरी ठेकेदार कृष्णचन्द्र मिश्रलाई लेखिएको पत्रमा लक्ष्मी रोजीन एण्ड टरपेन्टाइनसंग लिनु पर्ने बाँकी रु. १०६२९८।– लिनुका साथै निकासी हुने खोटो जडीबुटीको सम्बन्ध चौकीबाट नै कर असूल उपर गर्न हुन भनी गैरकानुनी आदेश (साविक पेज नं. २०६) सम्बन्धमा उद्योगले जिल्ला कार्यालय बाँकेमा निवेदन गरेकोमा नगरपञ्चायत बैठकबाट निर्णय हुने गरी हाललाई लगत राखी न.पं. कर नलिई खोटो निकाशी गर्न दिनु भन्ने लेखिएको उद्योगले खोटो निकाशी गर्दा विपक्षी न.पं.ले पहिले आफैंले न.पं. व्यापार कर लिन नमिल्ने भनी स्वीकार गरिसकेको पछि फेरि उक्त कर लिने भनी विरोधाभाष पूर्ण आदेश गरेको र न.पं.को बैठकबाट निर्णय गरी गराई पुनः उद्योग खोटो भारत निकाशी गर्दा न.पं. व्यापार कर लिने आशंका उत्पन्न हुन आएको छ । नगरपञ्चायतलाई कर असूल गर्ने इलाका भित्र मात्र तोकिएको, नगरपञ्चायत क्षेत्रको बाटो प्रयोग गरेकै आधारमा कर लिन नपाउनेमा पुनः बैठकबाट निर्णय गरी गराई उद्योगबाट खोटो निकाशामा व्यापार कर लिने पूर्ण आशंका उत्पन्न भएकोले निवेदकको नागरिक अधिकार ऐन, २०१२ को दफा ८ द्वारा प्रदत्त हकमा आघात पर्ने आशंका भएकोले गैरकानुनी ढंगबाट कर लिन नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरी ठे.कृष्णप्रसादले लिएको रु. ८९६३।९५ दिलाई भराई पाउन