निर्णय नं. ९५४८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५४८ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/०८/२४ ७४८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।८।२४।५ ०६९-CR-०२२९ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला दैलेख सिगौडी गाउँ विकास समिति वडा नं. ८ को हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेको जग्गे भन्ने जगतबहादुर भण्डारी विरूद्ध प्रत्यर्थी / वादी : देवबहादुर बडुवालको जाहेरीले नेपाल सरकार प्रतिवादीले एकातिर आत्मरक्षाको जिकिर लिएको देखिन्छ भने अर्कोतिर अ.बं. १८८ नं. बमोजिम घटी सजाय पाउनु पर्ने जिकिर पनि लिएको देखिन्छ । आत्मरक्षाको जिकिर पुगेको खण्डमा प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने अवस्था रहन्छ । अ.बं. १८८ नं. को राय भनेको ज्यानसम्बन्धीको महलको १३ नं. को कसुरदार ठहरिएकालाई कसुर गर्दाको परिस्थितिको विचार गरेर घटी सजाय गर्ने कानून हो । अ.बं. १८८ नं. को माग गर्नु भनेको आफूबाट उक्त १३ नं. को कसुर भएको हो भन्ने प्रतिवादीको स्वीकारोक्ति हो । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा ९(२) को (क)(१), दफा १८ बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु. मुख्य न्या. श्री गोविन्दकुमार श्रेष्ठ मा.न्या. श्री रत्नबहादुर बागचन्द फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :– जिल्ला दैलेख सिगौडी गा.वि.स. वडा नं. ८ निमाएलस्थित पूर्वमा टापु ठाडो घर, पश्चिममा मौटुसा वरपिपल, उत्तरमा मृतकको घर दक्षिणमा राउतेरानाउला यति चार किल्लाभित्र रहेको बेसार बारीमा घाँस काटिरहेको अवस्थामा मृतकले नदेखिने गरी निजका देवर जग्गे भण्डारीले धारिलो हँसिया प्रयोग गरी मारेको, निज जग्गे भण्डारीले स्थानीयबासीहरूले किन मारेको भनी सोद्धा अन्धा बुबालाई गाली गरेको हुनाले एक्कासी रिसको आवेशमा आई धारिलो हँसिया प्रयोग गरी मारेको भनी बरामद भएको लासको प्रकृति हेर्दा हातमा सानो हँसिया रहेको, सानो एक मुठो घाँस हातमा रहेको, मृतकको सिरान पूर्वतिर खुट्टा दक्षिणतिर खुम्चिएर रहेको अवस्था देखियो । साथै घटनास्थलदेखि अन्दाजी २० मिटर पूर्व वारदातमा प्रयोग भएको काठको बिँड भएको फलामको हँसिया थान एक फेला परेको उक्त हँसिया प्रहरीले लगेको ठिक साँचो हो । मृतक लासको बायाँ गाला, कान गर्धन धारिलो हतियारले काटेको अवस्थामा रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्का । मेरी दिदी हरिचना भण्डारी मिति २०६७।४।३० को दिउँसो अन्दाजी ३.३० बजे घर नजिक रहेको बारीमा बेसार गोडिरहेको समयमा निजकै माइलो देवर जग्गे भन्ने जगतबहादुर भण्डारीले के कति कारणले हो हरिचना भएको ठाउँमा गई खुर्पा आँसीले एक्कासी गर्धनमा काट्दा दिदीको तत्काल मृत्यु भएको हो । अपराध गर्ने जगतलाई पक्राउ गरी प्रहरी चौकीमा जिम्मा दिएका छौं । निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको मिति २०६७।५।१ को जाहेरी दरखास्त । Alleged history of death following hitting by sickle over neck. मृत्युको कारणमा the cause of death is hypovolemic shock due to external hemorrhage. भन्ने शव परीक्षण प