निर्णय नं. ९५५६ - अग्रिम भुक्तानीसहित करारबमोजिमको क्षतिपूर्ति दिलाई भराई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५५६ - अग्रिम भुक्तानीसहित करारबमोजिमको क्षतिपूर्ति दिलाई भराई पाऊँ । भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०४/१८ ४३०० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।४।१८।२ ०६८-CI-०५४३ मुद्दा : अग्रिम भुक्तानीसहित करारबमोजिमको क्षतिपूर्ति दिलाई भराई पाऊँ । पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.४ बस्ने कृष्ण राणा विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१९ बस्ने सिद्धान्तराज पाण्डेसमेत ०६८-CI-१२४७ पुनरावेदक / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१९ बस्ने सिद्धान्तराज पाण्डेसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१ नक्साल (प्रहरी पेट्रोल पम्पअगाडि) कृष्ण निवास बस्ने कृष्ण राणासमेत करारबाट अचल सम्पत्ति बिक्री हुने नभई लिखत नै पारित हुनु पर्ने भए पनि बिक्री गर्ने उद्देश्यसहितको सर्तहरूको लिखत हुन नसक्ने होइन । बिक्री हुनलाई लिखत पारित गर्ने कुरा करारको सर्त परिपालना गरी पुरा हुने कार्य हो । तर बिक्रीको उद्देश्य राखी कुनै करार हुनै नसक्ने गरी कुनै प्रतिबन्ध लागेको कानूनी व्यवस्था देखिँदैन । त्यसैले त्यस्तो करार स्वतः अवैध भन्न मिल्ने देखिँदैन । त्यस्तो लिखतबाट केही लिनु खानु गरेको भए त्यस्तो लिखतको सर्तबमोजिम तिर्नु बुझाउनु नपर्ने भन्न पनि नमिल्ने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान् अधिवक्ता शिवप्रसाद रिजाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र विद्वान् अधिवक्ता सोमकान्त मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री बाबुराजा कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री तेजबहादुर के.सी. मा. न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला स.प्र.न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०६८।२।१६ को फैसलाउपर पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः फिरादपत्रको व्यहोरा विपक्षी प्रतिवादीमध्येकी कृष्ण राणा र हामी फिरादीबीच मिति २०६१।२।२२ मा करार भई विपक्षीका नाउँमा दर्ता तिरो तथा भोग चलनमा रहेको का.जि.का.म.न.पा.वडा नं.१ को कि.नं.२८९ को क्षेत्रफल ३-१०-०-३ को जग्गा तथा उक्त कित्तामा बनेको पक्की घर र ऐ. स्थित कि.नं.१२९९ को क्षेत्रफल ०-८-०-० जग्गा गरी जम्मा क्षेत्रफल ४-२-०-३ को जग्गा तथा सोमा निर्मित पुरानो पक्की घर कूल बिक्री मूल्य रू.५,६१,००,०००।- कायम गरी सो मूल्यमा विपक्षीले सो घरजग्गा बिक्री गर्ने र हामीले उक्त घरजग्गा खरिद गर्नेबारेमा सहमति भएको थियो । लिखतमा विपक्षीमध्येको दिव्यश्वरकुमार सिंह र विपक्षी कारणकी एक मात्र सन्तान ज्योत्सना राज्यलक्ष्मी सिंहसमेत साक्षी बसी रू.६०,००,०००।- अग्रिम भुक्तानी लिई बाँकी रू.५,०१,००,०००।- रूपैयाँ जग्गा पारित गरिदिएका दिन भुक्तानी दिने गरी १/१ प्रति लिखत दुवै थरीबाट लिनु दिनु भएको थियो । यदि जग्गा पारित गर्न नसक्ने अवस्था पर्न गएमा सो रू.६०,००,०००।- को कानूनबमोजिम ब्याज र घरजग्गाको तोकिएको मूल्य रू.५,६१,००,०००।- को १० प्रतिशत रकम क्षतिपूर्तिस्वरूप हामी फिरादीलाई दिनु पर्ने सर्त भएकोमा विपक्षीले उक्त जग्गा प