निर्णय नं. ८७२३ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७२३ - ज्यान मार्ने उद्योग भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०५/१२ ४६४४ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७२३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की संवत् २०६६ सालको CR–०६८७ आदेश मितिः २०६८।५।१२।२ मुद्दा :– ज्यान मार्ने उद्योग । पुनरावेदक प्रतिवादीः गण्डकी अञ्चल कास्की जिल्ला, हेमजा गा.वि.स. वडा नं. ६ बस्ने पदमलाल त्रिपाठीको छोरा बर्ष २३ को जीतेन्द्र त्रिपाठी विरुद्ध प्रत्यर्थी वादीः श्रीराम त्रिपाठीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री पवनकुमार शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री खेमराज शर्मा मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.ब.रा. § ज्यान मार्ने उद्योगको अपराधका लागि पनि ज्यान मार्ने सरहकै सवै तत्व विद्यमान देखिनु पर्दछ । केवल तेस्रो पक्षको हस्तक्षेपलगायतका कुनै कारणले ज्यान भने मर्न नपाएको अवस्थामा सो अपराध उद्योग मात्र हुने । § मनसायको निर्धारण कार्यको प्रकृतिका आधारबाटै हुने । § अरूलाई मार्ने मात्र मनसाय राख्ने व्यक्तिले आफूलाई पनि सोही स्थानमा सोही रुपमा मार्ने प्रयास गर्दैन । अपराध गर्नेले सो उद्देश्य पूरा पनि होस् र आफू कानूनका आँखा छल्न सफल पनि हुन सकियोस् भन्ने सोचाइ राख्दछ भत्रे अपराध मनोविज्ञानको सामान्य सिद्धान्त हो भत्रे कुरा बिर्सेर न्याय गर्न नसकिने । (प्रकरण नं.४) § आफू समेत मर्ने मनसाय र आफू बाहेक अरुलाई मार्ने मनसायमा आधारभूत अन्तर हुन्छ । चोटको गाम्भीर्यता नै मार्ने मनसायको द्योतक हुन नसक्ने । § आत्महत्या वा आत्महत्याको प्रयासका सम्बन्धमा आत्महत्या घोषणापत्रको विशेष प्रामाणिक महत्व हुन्छ । आत्महत्या घोषणा पत्रलाई प्रमाणमा लिनु पूर्व सो उद्घोषकर्ताले नै लेखेको, निजले आफूखुशी लेखेको र त्यसमा कसैको कुनै षडयन्त्र नभएको कुरा भने यकीन हुनुपर्ने । § पत्रमा अपराध छल्न षडयन्त्र भएको शंका गर्ने ठाउँ नहुनु, मर्नुपर्ने नैराश्यता प्रकट हुनु, नैराश्यका घोषणापत्रमा दर्शाइएका कारण झूठा हुन् भन्ने नदेखिनु, सम्बन्धित व्यक्तिले नै सो घोषणापत्र लेखेकोमा विवाद नहुनु र सम्बन्धित व्यक्तिले स्वेच्छाले लेखेको होइन कि भन्ने शंका गर्नुपर्ने ठाँउ नभएमा त्यो पत्रलाई आत्महत्या घोषणाका रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.५) § शरीरमा रहेको घाउहरूको प्रकृतिले मात्र मार्ने मनसाय रहेको प्रमाणित हुँदैन । सामूहिक आत्महत्याको प्रयास भन्ने प्रमाणित हुने अवस्थालाई ज्यान सम्बन्धी महलको १५ नं. को कसूर भनी सजाय गर्न न्यायोचित नहुने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता सरोज प्याकुरेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता मदनबहादुर धामी अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १५ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम निस्सा प्रदान भई यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः– जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं. ६ स्थित जीतेन्द्र त्रिपाठीको घर कोठामा प्रतिवादी जीतेन्द्र त्रिपाठीले जीवन त्रिपाठीलाई छुरा हानेको भनी देखाइएको घटनास्थल कोठामा ८ ईञ्च लम्वाईको "KIWI" लेखिएको चक्कु र "BoLom" लेखिएको डिब्बा फेला परेको, उक्त डिब्बाबाट विषादिको गन्ध आइरहेको, खाटको सिरानीमुनि अन्तिम पत्र लेखेको चिठ्ठी फेला परेको, सिरकको खोलमा र