निर्णय नं. ९५५७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५५७ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०९/१२ ६०३५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।९।१२।१ ०७०-CI-०४७६ मुद्दाः उत्प्रेषण / परमादेश पुनरावेदक / विपक्षी : कृषि सामग्री कम्पनी लिमिटेड र ऐ. को सञ्चालक समितिको तर्फबाट तथा आफ्नो हकमा समेत ऐ. कम्पनीका महाप्रबन्धक श्री अमरराज खैरसमेत विरूद्ध प्रत्यर्थी / निवेदक : काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ९ गौचरस्थित स्वनिग सर्भिसेज प्रा.लि.का सञ्चालक प्रो. श्री सुवास श्रेष्ठको अख्तियारप्राप्त काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं.११, बबरमहल बस्ने बिजय ढुंगाना एउटा सार्वजनिक निकायले पुनरावेदन अदालतको फैसलाबमोजिमको कार्य नगरी उल्टै सम्झौता गर्नुपूर्व राखिएको कार्यसम्पादन जमानत जफत गर्ने भनी निर्णयमा बोलिएका कुराहरूमा वस्तुगत र कारणसहितका कानूनसम्मत आधार छन् छैनन् भन्ने न्यायिक परीक्षणको विषय हुने र पुनरावेदन अदालतको फैसलाबमोजिम कार्यान्वयन भएको नपाइएमा र भइरहेको कानूनबाट प्रभावकारी उपचार प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएमा उक्त फैसलाबमोजिम कार्यान्वयन गर्न गराउनका लागि उपचारको माग गर्न र त्यस्तो माग ग्रहण गरी आदेश जारी गर्न न्यायसम्मत नै हुने हुँदा सोतर्फको विपक्षीको पुनरावेदन जिकिर मनासिब देखिन नआउने । (प्रकरण नं.८) सम्झौताअनुसार करार कार्यान्वयनको चरणमा प्रवेश हुन नै नदिई निवेदकले राखेको कार्यसम्पादन जमानत जफत गरिएको छ । कार्यसम्पादन जमानत के कस्तो अवस्थामा मात्र जफत हुन सक्ने अवस्था हो भन्ने कुरामा सम्झौतामा भएका सर्त हेर्नुपर्ने । (प्रकरण नं.१०) विधिवत् सम्झौता गरेपछि सम्झौता बमोजिम एल.सी.खोल्नेलगायतका आफैँले गर्नुपर्ने कार्य गर्न नसकी आफू दायित्व बिहीन बनेर निवेदककै कार्यसम्पादन जमानत रकमसमेत उल्टै जफत गर्ने विपक्षीको कार्य करार कानूनको र न्यायको आधारभूत सिद्धान्तसमेत प्रतिकूल देखिन आएको छ । आफैँ प्रतितपत्र नखोल्ने तर सम्झौता कार्यान्वयन गरेन भनी अर्को पक्षउपर आरोप लगाउने विपक्षी कम्पनीको कामकारवाही उचित र तर्कसङ्गतसमेत नहुने । कार्यसम्पादन जमानत रकम अनिश्चित समयसम्म रोक्ने र जफत गर्ने कार्यबाट निवेदकको क्षति भएको भए त्यसको क्षतिपूर्ति परिपुरण गर्ने उदार दृष्टिकोण राख्नुको सट्टा आफू employer तथा सार्वजनिक निकाय भएको नाताले मन लागेको व्यवहार गर्नु राम्रो कुरा पनि होइन । विपक्षी कम्पनीले निवेदकको बारेमा निराधार अविश्वास खडा गरी निवेदकले पाइसकेको ठेक्का अवरूद्ध गर्न र कार्यान्वयनका लागि असमर्थ बनाउने कार्य गैरकानूनी देखिएकोले त्यस्तो कार्य सह्य र ग्राह्य मान्न मिलेन । सार्वजनिक कम्पनी भएकोले मात्रै यस्ता गैरकानूनी कामकारवाही र निर्णयसमेत उन्मुक्तियुक्त एवं दायित्वविहीन हुन्छ भन्न पनि उपयुक्त नहुने । (प्रकरण नं.१२) निवेदक कम्पनीले सम्झौताको कुनै पनि सर्त उल्लङ्घन नगरेको अवस्था र सम्झौताबमोजिम प्रतितपत्र खोल्ने दायित्व कृषि सामग्री कम्पनीको भएकोमा आफैँ प्रतितपत्र नखोल्ने तर कार्यसम्पादन जमानत जफत गर्ने विपक्षको निर्णयमा दूषित मनसाय रहेको प्रस्ट हुन्छ । यस्तो दूषित मनसाय राखी सम्झौताको सर्तबमोजिम कार्य गर्न प्रारम्भबाट नै अवरोध खडा गरी कार्यसम्पादन जमानत जफतको निर्णय गर्नु सार्वजनिक निकायको असल चरित्रको कार्यक्षेत्रभन्दा बाहिरको विषय हुन जाने । (प्रकरण नं.१४) पु