निर्णय नं. ९५५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५५८ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०८/१३ ४३८१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७२।८।१३।१ ०७०-WO-०६५० मुद्दाः उत्प्रेषण निवेदक : कैलाली जिल्ला, डुगौली गा.वि.स. वडा नं. ९ घर भई हाल लुङग्रा उप-स्वास्थ्य चौकी अछाममा कार्यरत करिसिंह भुलसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत राज्यका हरेक निकायहरूले आफूबाट भएका हरेक काम कारवाही र निर्णयको कानूनी आधार देखाउन सक्नु पर्ने हुन्छ, देखाउन नसके त्यस्ता काम कारवाही र निर्णयले वैधता प्राप्त गर्न सक्दैन । कानूनद्वारा सृजित व्यक्तिको अधिकारमा आघात पुग्ने गरी मनोगत र स्वेच्छाचारी (Arbitrary) किसिमले निर्णय गर्नु हुँदैन । कुनै कानूनद्वारा सृजित व्यक्तिको अधिकारलाई सो कानूनअन्तरगत बनेको नियम वा कुनै नीतिगत निर्णयका आधारमा खोस्न वा कुनै सीमा बन्देज लगाउन मिल्दैन । कानूनद्वारा निर्धारित पूर्वसर्तहरू पूरा भएको अवस्था भएमा सोबमोजिम गरी दिनु प्रत्येक निकायको दायित्व हुन जाने । (प्रकरण नं.५) रिट निवेदकहरूले स्तरवृद्धिका माध्यमबाट नियुक्ति हुने र खुला प्रतियोगिताबाट नियुक्ति हुने कर्मचारीहरूको बिचमा वृत्ति विकासका अवसरहरू फरक हुने भएकोले लोक सेवा आयोगले आफूहरूलाई खुला प्रतियोगिताबाट नियुक्ति हुन रोक लगाउने गरी गरेको निर्णयबाट आफूहरूलाई मर्का पर्न गएको भन्नेसमेत जिकिर लिएको सन्दर्भमा स्तरवृद्धि र खुला प्रतियोगिताबाट नियुक्ति हुने प्रक्रियामा अन्तर भई जिम्मेवारी वितरण गर्ने हिसाबले पनि निवेदकहरूले आफ्नो वृत्तिविकासको मार्ग पहिल्याउन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू शेरबहादुर के.सी. र रामचन्द्र पौडेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८(३) लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ आदेश स.प्र.न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- हामी निवेदकमध्ये म करिसिंह भुल मिति २०५६।७।२५ को निर्णयअनुसार र म दिलबहादुर पुन: मिति २०५६।८।१ को पत्रानुसार रा.प. अनं. द्वितीय (प्राविधिक) सहायक चौथो तहको अ.हे.व. पदमा स्थायी नियुक्ति पाई सेवारत रही आउँदा म करिसिंह भुल मिति २०६४।५।१९ मा र म दिलबहादुर पुन मिति २०६४।९।१ को निर्णयानुसार सहायक पाँचौ तहमा तह मिलान भई सेवारत रही आएका छौं । यसरी आफ्नो सेवामा सेवारत रहिरहेको अवस्थामा विपक्षी लोक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. २२१९/०६९-७० (दलित) र २२१५/०६९-७० (खुला) मा म करिसिंह भुलले दरखास्त फाराम भरेको त्यसैगरी म दिलबहादुर पुनले विज्ञापन नं. १७१७/०६९-७० पाँचौ तह हे.अ. पदमा फाराम भरी लिखित परीक्षा दिएको, सोको नतिजा मिति २०७०।९।१० मा प्रकाशित भई म करिसिंह भुल विज्ञापन नं. २२१९/०६९-७० (दलित) तर्फ र म दिलबहादुर पुन: लिखित परीक्षामा उत्तीर्ण भई अन्तरवार्तासमेत दिइसकेका थियौं । यसरी हामीले अन्तरवार्तासमेत दिई नतिजाको पर्खाईमा बसिरहेको अवस्थामा विपक्षी लोक सेवा आयोगको मिति २०७०।१०।९ को निर्णयानुसार भनी मिति २०७०।१०।१५ र २०७०।१०।२९ मा अन्तर्वार्ताको नतिजा प्रकाशित हुँदा निवेदकहरूको हकमा