निर्णय नं. ९५५९ - धितो रहेको जग्गा गैरकानूनीरूपमा फुकुवा गरी भ्रष्टाचार गरेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५५९ - धितो रहेको जग्गा गैरकानूनीरूपमा फुकुवा गरी भ्रष्टाचार गरेको । भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७१/१०/०४ ४८२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।१०।४।१ मुद्दा : धितो रहेको जग्गा गैरकानूनीरूपमा फुकुवा गरी भ्रष्टाचार गरेको । २०६६–CR–०२७३ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बत्तिसपुतली बस्ने उग्रसेनको छोरा शिवकुमार अग्रवाल विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत विनोदकुमार गौतमको प्रतिवेदनले नेपाल सरकार २०६६–CR–०२७४ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बत्तिसपुतली बस्ने शिवकुमार अग्रवालको छोरा नरेश अग्रवाल विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत विनोदकुमार गौतमको प्रतिवेदनले नेपाल सरकार २०६६–CR–०४५४ पुनरावेदक / प्रतिवादी : गौरीदत्त जोगाइको नाति ऋषिकेश जोगाइको छोरा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २१ भोटेबहाल बस्ने गोपाल पि. जोगाई विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत विनोदकुमार गौतमको प्रतिवेदनले नेपाल सरकार मतियारको सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा "यस ऐनमा अन्यत्र छुट्टै व्यवस्था भएकोमा बाहेक यस ऐनअन्तर्गत सजाय हुने कुनै कसुरको मतियारलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ । तर कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई त्यस्तो कसुर गरेबापत नगदी, जिन्सी वा अन्य कुनै सुविधा वा लाभ उपलब्ध गराई दिने वा आफूले लिने मतियारलाई कसुर गर्ने व्यक्तिसरह नै सजाय हुनेछ" भन्ने व्यवस्था रहेको अवस्थामा जुन कामको लागि जग्गा धितो राखेको हो सो काम नै सम्पन्न नभइसक्दैको अवस्थामा त्यसरी धितोमा राखेको जग्गा फुकुवा हुन सक्दैन । सो कुरा जान्दाजान्दै प्रतिवादी शिवकुमार अग्रवालले जग्गा फुकुवा गर्न विभिन्न व्यक्तिहरूलाई परिचालन गरेको भन्ने कुरा निजकै स्वीकारोक्तिबाट पुष्टि भएको देखिन्छ । यिनै विश्लेषित आधार एवं कारणबाट गैरकानूनी जग्गा फुकुवा गर्ने कार्यमा निजको सहयोगीको भूमिका रहेको पुष्टि भएकोले निजलाई मतियारमा सजाय गरेको विशेष अदालत, काठमाडौंको मिति २०६६।३।१५ को फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) गैरकानूनी कार्यको परिणामस्वरूप प्राप्त हुने लाभ पनि गैरकानूनी नै हुने हुन्छ । विवादित जग्गा गैरकानूनी तरिकाले फुकुवा गराउन निजको संलग्नताको पुष्टि नभएको भएपनि त्यस्तो जग्गा आफनो नाममा हा.ब. लिई अर्कैलाई बिक्री गरी बिगो रू. ५३,३७,५००।- (त्रिपन्न लाख सैँतिस हजार पाँच सय रूपैयाँ) गैरकानूनी लाभ लिएकोमा विवाद नदेखिँदा जग्गा फुकुवा गराउने कार्यमा आफ्नो संलग्नता पुष्टि नभएकाले बिगो तिर्न नपर्ने भन्ने प्रतिवादी नरेश अग्रवालको पुनरावेदन जिकिर मनासिब देखिँदैन । आफूले विवादित जग्गा बिक्री गरी नगद लाभ लिएको कुरामा स्वीकारै गरी अन्य जग्गा धितो राख्नसमेत मन्जुरी जनाएको तथ्यबाट निजले विवादित जग्गाको बिक्रीबाट गैरकानूनी लाभ लिएको भन्ने कुरा प्रमाणित भएकोले त्यसरी लाभ लिएको बिगो रकम रू. ५३,३७,५००।- (त्रिपन्न लाख सैंतिस हजार पाँच सय रूपैयाँ) निजबाट काठमाडौं महानगरपालिकाले भराई लिन पाउने गरी विशेष अदालत, काठमाडौंले गरेको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ विद्वान्‌ अधिवक्ता बद्रिबहादुर कार्क