निर्णय नं. ९५६२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५६२ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/१०/२८ २८६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. फैसला मिति : २०७२।१०।२८।५ मुद्दा : कर्तव्य ज्यान ०७०-CR-०२१२ पुनरावेदक / वादी : पर्वत जिल्ला हुवास गा.वि.स. वडा नं.६ बस्ने रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : गुल्मी जिल्ला बलीथुम गा.वि.स. वडा नं.२ बस्ने संगिता भन्ने सम्झना क्षेत्री बोहरा ०६९-CR-०७३८ पुनरावेदक / प्रतिवादी : गुल्मी जिल्ला बलीथुम गा.वि.स. वडा नं.२ बस्ने संगिता भन्ने सम्झना क्षेत्री बोहरा विरूद्ध प्रत्यर्थी / वादी : रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार ०७२-RC-००३३ वादी : रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : कपिलवस्तु जिल्ला चनही गा.वि.स. वडा नं.६ बस्ने विकास भन्ने माधव घिमिरे कसैले कानूनद्वारा निषेधित कार्य गरेमा वा कानूनद्वारा गर्नुपर्ने कार्य नगरेमा फौजदारी दायित्व सिर्जना हुन्छ । प्रतिवादी सम्झना क्षेत्रीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मलाई चन्द्रबहादुर बोहरासँग घृणा लागेर आउने र माधव घिमिरेसँग माया लागेर आउन थाल्यो । माधव घिमिरेले मलाई विवाह गर्छु भन्दा मैले बाधा अवरोधहरू छन् उसले बाधा अवरोध मैले हटाउँछु भन्यो । मैले कसरी भन्दा चन्द्रबहादुरलाई सफाया गरी दिन्छु, ठीक पारी दिन्छु भन्यो भनी बयान गरेको पाइन्छ । यसरी प्रतिवादीले सफाया गरी दिन्छु भनी मौकामा भनेको कुरा प्रति कुनै उजुर आपत्ति नगरी त्यसलाई समर्थन गरी बसेको र सोही अनुसारको घटना घटी फौजदारी अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको देखिने । घटना घटाउन सहमति जनाई अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको आधारमामात्र प्रतिवादीले फौजदारी दायित्वबाट सफाई पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता खगराज पौडेल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री चन्द्रबहादुर सारू पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री ईश्वरप्रसाद खतिवडा मा.न्या. श्री बाबुराम रेग्मी फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा दफा १०(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः- जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ चारपाला सामुदायिक वनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिम उत्तर दक्षिणमा सालघारी जङ्गल यति चार किल्लाभित्रको बिचमा पश्चिम टाउको पूर्व खुट्टा घोप्टो अवस्थामा मृतक चन्द्रबहादुर बोहराको लास रहेको । मृतकको नाक, मुखबाट तरल पदार्थ निस्केको । अनुहारमा रगत लतपतिएको, अनुहारको बायाँ साइडमा केही दबे जस्तो भई नीलडाम देखिएको, दुवै ओठ सुन्निएको । पछाडि बायाँ पाता र दायाँ पट्टि कम्मरमा नीलडाम देखिएको । बायाँ आँखा माथि थिचिएको जस्तो, मृतक विष्णु न्यौपाने पूर्व टाउको पश्चिम खुट्टा भएको घोप्टो अवस्थामा रहेको । मृतकको नाक मुखबाट तरल पदार्थ निस्केको पछाडि पाताको भागमा र दायाँ कम्मरको भागमा नीलडाम देखिएको निधारको बायाँ आँखा माथि थिचिएको । अनुहारको दुवै भागमा नीलडाम जस्तो देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का । जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ चारपाला सामुदायिक वनस्थित पूर्वमा गोरेटो बाटो, प