निर्णय नं. ९५६४ - निषेधाज्ञा / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५६४ - निषेधाज्ञा / परमादेश भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०४/३२ २९३३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।४।३२।२ ०६८-CI-०८९६ मुद्दा: निषेधाज्ञा / परमादेश निवेदक / पक्ष : जिल्ला सप्तरी, गाउँ विकास समिति १ नं. जोगनिया वडा नं. १ बस्ने सुकल खंगको छोरा वर्ष २७ का संगमलाल खंग खत्वे विरूद्ध विपक्षी : जिल्ला सप्तरी, गाउँ विकास समिति १ नं. जोगनिया वडा नं. २ कोरियानी टोलस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय, कोरियानी, सप्तरीसमेत समावेशीरूपमा कोटा छुट्याई विज्ञापन प्रकाशित हुनुपर्ने निवेदकको भनाई भए आवेदन फर्म बुझाउनुभन्दा अगावै उजुर गर्न आउनु पर्दछ । प्रकाशित विज्ञापनअनुसार आवेदन फर्म बुझाइसकेकोले विज्ञापन प्रकाशनको कार्यबाट निजको हकमा आघात पुग्ने आशंका रहेको भनाई तथ्यसङ्गत छैन । समावेशीरूपबाट विज्ञापन प्रकाशित हुनको लागि सोको कोटा नै नछुट्याएको र कोटा छुट्याउनु पर्ने नपर्ने, विद्यालयमा कति शिक्षक रहेको नरहेको आदि विषय नीतिगत विषय भएकोले सो सम्बन्धमा परमादेशको आदेशबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदक / पक्षका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने न्यायाधीशः माननीय न्यायाधीश श्री शम्भु बहादुर खड्का माननीय न्यायाधीश श्री हरि कुमार पोखरेल आदेश न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः म निवेदक प्रवेशिका परीक्षा (SLC) उत्तीर्ण भई शिक्षक सेवा आयोगको मिति २०६७।२।१३ को निर्णयानुसार प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने स्थायी अध्यापन अनुमति पत्र प्राप्त स्थानीय दलित, निरोगी, प्राथमिक तह शिक्षक पदको लागि कानूनले योग्य नागरिक हुँ । विपक्षी विद्यालयमा ७५ जना दलित विद्यार्थीसमेत अध्ययनरत उक्त विद्यालयमा महिला शिक्षक २ र मधेशी शिक्षक १ कार्यरत छन् । विद्यार्थीको संख्याको अनुपातमा शिक्षक अपुग हुँदा थप शिक्षक दरबन्दी विपक्षी १, २, र ४ ले विपक्षी ५ समक्ष, अनुरोध गर्दा थप शिक्षक दरबन्दी स्वीकृती प्राप्त भई शिक्षा नियमावली, २०५९ को नियम २२ च. बमोजिम विपक्षी २ ले विपक्षी नं. ३ को संयोजकमा शिक्षक छनौट समिति गठन भई सो समितिमा विपक्षी ६ सदस्य र विपक्षी ४ सदस्य सञ्चित पदमा छन् । विपक्षी १ सामुदायिक विद्यालय हो । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा शिक्षा ऐन, २०२८ को दफा १६ ङ बमोजिम समावेशी नियुक्ति गर्नुपर्ने शिक्षक छनौट समितिको कानूनी अनिवार्यता छ । विपक्षी ३, ४ ले यस अघि शिक्षा ऐन, नियम प्रतिकूल अनियमित प्रकियाबाट शिक्षक नियुक्त गर्न विज्ञापन नं. १, ०६६/०६७ मा विज्ञापन सूचना प्रकाशित गरेकोमा अनियमितता सम्बन्धमा व्यापक जनगुनासो र उजुरी सम्बन्धित निकायहरू र विपक्षी ५ समेतमा पर्दा शिक्षा विभाग व्यवस्थापन शाखा (प्राथमिक) सानो ठिमी, भक्तपुरको आदेश पत्रबाट उक्त विज्ञापन रद्द गरी शिक्षक नियुक्ती नगर्नु भनी रोक्का राखिएको थियो।हाल उक्त शिक्षक नियुक्ति रोक्का फुकुवा हुँदा मिति २०६७/५/६ गते विपक्षी १, ४ ले ७ दिन म्याद दिई PCF कोटाको प्राथमिक तह शिक्षक पदका-१ र ३० दिन म्याद दिई विज्ञापन नं. ०२/०६७/०६८ को प्राथमिक तह शिक्षक पद -१ गरी २ शिक्षक पदका लागि २ बेग्ला बेग्लै विज्ञापन सूचना प्रका