निर्णय नं. ९५६५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५६५ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०३/०९ ३९९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७२।३।९।४ ०७०-WO-०६६२ विषय: उत्प्रेषण / परमादेश निवेदक : कास्की जिल्ला, पोखरा उपमहागरपालिका वडा नं.९ घर भई हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा कास्कीमा सिनियर कन्सल्टेन्ट (दशौं तह) को पदमा कार्यरत डा. बसन्तकुमार ताम्राकार विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत कुनै पदाधिकारीको त्रुटि वा भुलको कारण कुनै कर्मचारीलाई निजले प्राप्त गरेको कानूनी हकबाट वञ्चित गर्न मिल्दैन । कुनै पदाधिकारीको त्रुटि वा भूलको कारण कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिबाट मूल्याङ्कन हुन छुट भएको अवस्थामा त्यस्तो कार्य सम्पादन मूल्याङ्कन फाराम पेस गर्ने कर्मचारीलाई बढुवाबाट वञ्चित गर्ने हो भने कर्मचारीको पदोन्नति सम्बन्धित प्रावधान कानूनी हकको रूपमा नभई कुनै पदाधिकारी वा कार्यालयको स्वेच्छामा निर्भर रहन जाने । यस्तो अवस्थामा आफूले बढुवा गराउन चाहेको कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम सुपरिवेक्षक, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समितिबाट मूल्याङ्कन गराइराख्ने र बढुवा गराउन नचाहेको कर्मचारीको फाराम मूल्याङ्कन नै नगराई राख्ने प्रवृत्तिको विकास हुने । कार्य सम्पादन मूल्याङ्कन फाराम भरी समयमा पेस गर्ने कर्तव्य पुरा गरेको अवस्थामा आफ्नो गल्ती वा दोष बेगर अन्य पदाधिकारीको त्रुटि वा भुलको परिणाम आफ्नो दायित्व पुरा गर्ने कर्मचारीले भोग्नुपर्दछ भन्नु न्यायोचित नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान्‌ अधिवक्ता नरेन्द्रप्रसाद पाठक विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी, विद्वान्‌ अधिवक्ता कृष्णप्रसाद सापकोटा, पूर्णिमा गुरागाईं अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायतको जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ भनी यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः म निवेदक मिति २०४४।१।१७ को निर्णयानुसार नेपाल स्वास्थ्य सेवाको रा.प्र.तृ.श्रेणीको पदमा स्थायी नियुक्ति पाई कार्यरत रहेको अवस्थामा स्वा.से.ऐन लागू भएपश्चात् ऐ.ऐनको दफा ९० बमोजिम नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूहको सातौं तहको पदमा तह मिलान भई स्वा.से.ऐनको दफा ९(५) बमोजिम मिति २०५६।६।१२ को निर्णयानुसार मिति २०५४/२/१४ देखि ज्येष्ठता कायम हुने गरी अधिकृत आठौं तहको फिजिसियन पदमा स्तरवृद्धि भई मिति २०६०/१२/२७ देखि ज्येष्ठता गणना हुने गरी अधिकृत नवौं तहको कन्सल्टेन्ट फिजिसियन पदमा बढुवा भई मिति २०६४/१/१२ को निर्णयानुसार वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत दशौं तहको पदमा स्तरवृद्धि भई हालसम्म सोही पदमा कार्यरत रहँदै आएको छु । यसैबिचमा आयोगबाट नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूहको प्रमुख कन्सल्टेन्ट फिजिसियन (एघारौं तह) पदको पदसङ्ख्या ४ (चार) कार्यक्षमता मूल्याङ्कनद्वारा पदपूर्ति गर्ने गरी मिति २०७०/६/२३ को गोरखापत्रमा सूचना नं. ३२४/२०७०/०७१ बढुवा सूचना नं. १०९/२०७०/०७१ को सूचना प्रकाशन गरेकाले उक्त पदमा बढुवाको लागि बढुवा दरखास्