निर्णय नं. ९५६६ - लगानी सुरक्षित गरी कानूनबमोजिमको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५६६ - लगानी सुरक्षित गरी कानूनबमोजिमको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाऊँ । भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७१/१२/२६ ४९०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१२।२६।५ ०६८-CI-१४७६ मुद्दाः लगानी सुरक्षित गरी कानूनबमोजिमको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाऊँ । पुनरावेदक / वादी : जे.एन्ड.डि. एप्परेल प्रा.लि.को नेपाली लगानी कर्ता काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगर बस्ने सुवासकुमार सर्राफ विरूद्ध विपक्षी / प्रतिवादी : अमेरिका 166 W 35 TM St #4# New York 10016 USA स्थायी घर भई जिल्ला पर्सा विरगञ्ज उपमहानगरपालिका वडा नं. १३ मा मुख्य कार्यालय रहेको जे.एण्ड.डी. एप्परेल प्रा.लि.को विदेशी लगानी कर्ता स्टेफिन डुजिङ्क (Mr. Steffen Duzink) समेत पुनरावेदक र प्रत्यर्थीबिच सर्वसम्मत सम्झौता भई उद्योगमा संयुक्त लगानी गर्न मन्जुर भएकोमा सम्झौताबमोजिमको सेयरको हिस्सा पुनरावेदकले नबुझाएकोमा प्रत्यर्थी प्रतिवादीले उद्योग विभागमा दिएको उजुरीअनुसार विवादको समाधान हुन सकेको देखिँदैन । सो सम्झौताको पालनामा सम्झौता गर्ने पक्षहरूले मध्यस्थताद्वारा आफ्नो विवादको समाधान गराउन सक्ने एकातर्फ उपचारको व्यवस्था देखिन्छ भने अर्कोतर्फ कानूनबमोजिम भएका निर्णयमा क्षतिपूर्तिबाट कसरी कुन क्षतिबाट नोक्सानी भएको भन्ने स्थापित नहुँदासम्म क्षतिपूर्ति दिलाउन सकिने अवस्था नहुने । क्षतिपूर्ति कानूनमा क्षति पुर्‍याउने र क्षति पर्नेका बिचको बदनियत वा त्यस्तो घटनालाई वस्तुनिष्ठ तवरबाट देखाइएको हुनुपर्छ । कानूनबमोजिम भएका निर्णयमा निर्णयकर्ताले दूषित कार्य गरेको वा कानूनको पालना नगरेको अवस्थामा पनि तहतह हुँदै त्यस्तो निर्णय सच्याउन सक्ने व्यवस्था भइरहेको देखिँदा प्रत्यक्ष हानि भएको सबुद निवेदक पक्षले गुजार्न नसकेको अवस्थामा क्षतिपूर्ति भराउन सकिने नदेखिने । उद्योग विभागले कानूनबमोजिम कारवाही गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाएकोमा कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीको १० प्रतिशत सेयर लिने सेयर धनीले माग गरेमा विशेष साधारण सभा बोलाई दिन सक्ने कम्पनी ऐन, २०६३ को दफा ८२९(४) को कानूनी व्यवस्थाअनुसार बोलाएको विशेष साधारण सभाको निर्णयानुसार कम्पनीलाई एकल सेयरधनी भएको कम्पनीमा परिणत गरी सोहीबमोजिम प्रबन्ध पत्र र नियमावलीमा भएको संशोधन तथा अभिलेखीकरण गरेको कार्य पनि रितपूर्वक नै देखिएको र प्रत्यर्थीलाई सजायको स्पष्ट दाबी नभई सजाय गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदी विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू कम्पनी विकास बोर्डका तर्फबाट फैसला गर्नेः अध्यक्ष श्री बाबुराम रेग्मी सदस्य हरिश्चन्द्र ढुंगाना सदस्य रामनारायण श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ मा. न्यायाधीश श्री आनन्द मोहन भट्टराई फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः उद्योग विभागबाट वैदेशिक लगानी स्वीकृति भएअनुसार चालु पुँजी पाँच करोडमध्ये अमेरिकी लगानी कर्ता स्टेफेन डुजिङ्कको ५० प्रतिशत भारतीय लगानी कर्ता रेणु सर्राफको ४५ प्रतिशत र म नेपाली लगानी कर्