निर्णय नं. ९५६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५६७ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०९/१३ ४३७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर जबरा फैसला मिति : २०७२।९।१३।२ मुद्दा : कर्तव्य ज्यान ०६९-CR-०४७८ पुनरावेदक / प्रतिवादी : जिल्ला ओखलढुंगा नारायणस्थान गाउँ विकास समिति वडा नं ४ ठेगाना भई हाल जगन्नाथदेवल कारागार थुनामा रहेका संजिव भन्ने संजिभ गुरूङसमेत विरूद्ध प्रत्यर्थी / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार ०६९-CR-०९०६ पुनरावेदक / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ओखलढुंगा नारायणस्थान गाउँ विकास समिति वडा नं ४ ठेगाना भई हाल जगन्नाथदेवल कारागार थुनामा रहेका संजिव भन्ने संजिभ गुरूङसमेत आजभोलि कुनै कारण वादी नेपाल सरकारले वतनको र जिल्ला अदालतले जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क लाई निहूँ बनाई कसुरदार प्रतिवादीहरूको हकमा पछि मुद्दा चलाउने वा फैसला हुने भनी उल्लेख गर्ने गरेको पाइन्छ । तर पछिबाट ती कसुरदार विरूद्ध अभियोगपत्र दायर वा फैसला हुने कुनै कामकुरा नहुदा कसुरदारले व्यापकरूपमा कसुरबाट उन्मुक्ति पाएको देखिन्छ । ती सब कुरामा पुनरावेदन परेको पनि पाइँदैन । वतन स्पष्ट नभएको वा फरार भएको प्रतिवादीउपर अभियोगपत्र दायर हुन कुनै कानूनी बाधा नदेखिने । जिल्ला अदालत नियमावली, २०५२ को नियम २२क अनुसार उल्लिखित मोबाइल नम्बरमा वा राष्ट्रिय दैनिक पत्रिकामा पनि म्याद सूचना प्रकाशित गर्ने भन्ने कानून पनि रहेभएकै छ । इमानदार प्रयासका बाबजूद प्रतिवादीको अत्तोपत्तो नलागेको अवस्थाको लागि जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क को निर्माण भएको कुराको हेक्का रहनु आवश्यक हुने । अभियोजनकर्ताले प्रतिवादीको बाबु बाजेको नाम थर र प्रतिवादीहरूको वतन खुली आएमा अभियोगपत्र दायर हुने भन्ने कुरा उल्लेख गरी अभियोगपत्र दायर गर्ने गरी कामकारवाही गर्न पाउने कुराको कानूनी वा नजिरगत आधार देखिँदैन । कानूनी निकायले कानूनले तोकेको कुराबाहेक आफुखुशी जथाभावी गर्दा दण्डहीनता र स्वेच्छाचारिता मौलाउने कुराको हेक्का रहनु आवश्यक भएकोले यो फैसलाको जानकारी यस अदालतको अनुगमन शाखालाई र नेपाल सरकारको महान्यायाधिवक्ता र प्रहरी प्रधान कार्यालयसमेतलाई उपलब्ध गराउने । (प्रकरण नं.२०) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. रजितभक्त प्रधानाङ्ग र विद्वान अधिवक्ता निर्मला शाक्य वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.न्यायाधीश श्री जगतप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात मा. न्यायाधीश श्री हरिकुमार पोखरेल फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ सरस्वतीनगरस्थित पूर्व याङतारू सेकुवा कर्नर घर, पश्चिममा गोपिकृष्णबाट साततलेतर्फ जाने सडक, उत्तरमा सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्गा यति चारकिल्लाभित्र सडकको पूर्व किनारमा रगत रहेको, सो नजिकै भुइँमा रगत जस्तो रातो पदार्थ लागेको गोलाई १० इन्च, लम्बाई ५ इन्च भएको सेतो रङ्गको ढुंगा रहेको सोही ढुंगा रहेको स्थानमा मिति २०६७।७।१७ गते