निर्णय नं. ९५६९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५६९ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/११/०३ ३३४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७२।११।३।२ ०६७-WO-०२८२ मुद्दाः उत्प्रेषण / परमादेश रिट निवेदक / पक्ष : बुद्धराम थारूको छोरा बाँके जिल्ला टिटिहिरिया गा.वि.स. वडा नं.५ बस्ने वर्ष ३५ को चन्द्रबहादुर चौधरीसमेत विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला वन कार्यालय, मुकाम गुलरिया बर्दियासमेत रिट निवेदनमा जिकिर लिएको चार किल्लाभित्रको जग्गा वन ऐन, २०४९ तथा नियमावली, २०५१ मा भएको कानूनी व्यवस्थाबमोजिमको प्रक्रिया पुरा गरी उपभोक्ता समूहले प्रस्तुत गरेबमोजिमको कार्य योजनाअनुसार वनको संरक्षण सम्बर्द्धन गर्न समुदायलाई हस्तान्तरण गरेको पाइँदा कानूनले निर्दिष्ट गरेको विधि र प्रक्रियाअनुसार सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको वन क्षेत्रभित्रको जग्गामा रिट निवेदकहरूको हक स्वामित्व स्थापित भइसकेको देखिँदैन । आफ्नो विधिवत हक स्वामित्व नै स्थापित भई नसकेको राष्ट्रिय वन क्षेत्रभित्र पर्ने जग्गा निर्दिष्ट कानूनी प्रक्रिया पुरा गरी समुदायलाई हस्तान्तरण गर्ने गरी भएको जिल्ला वन कार्यालय, बर्दियाको निर्णयले रिट निवेदकहरूको कानूनी एवम्‌ संवैधानिक अधिकारमा बाधा पुर्‍याएको नदेखिँदा रिट निवेदन मागबमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.४) रिट निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ अधिवक्ता शरद कोइराला प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : वन ऐन, २०४९ वन नियमावली, २०५१ आदेश न्या.जगदीश शर्मा पौडेल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : हामी निवेदकहरू नेपालको आदिवासी, जनजाति तथा गरिबीको रेखामुनी रहेका नेपाली नागरिक हौँ । हामीहरू भेरी अञ्चलको बाँके जिल्लाको पश्चिम सिमानामा अवस्थित टिटिहिरिया गा.वि.स. को वडा नं.५ र ६ मा पुस्तौंदेखि बसोबास गरी आएका छौँ । हामी बसोबास गरी आएको वडाको जग्गा डुडुवा खोला र मान खोलाले वर्षा याममा वर्षेनी कटान गर्दै हामीहरूको जमिनमा खोला बग्ने र खोलादेखि पश्चिम बर्दिया जिल्लाको सोरहवा गा.वि.स. को वडा नं.४ र ५ तर्फ खोलाको जमिन छाडिएको बगर जग्गालाई २०३४ सालदेखि निरन्तर आवाद गुल्जार गरी धान, मकै, बदाम (मुंमफली), तील आदि बाली लगाई आआफ्नो परिवारको भरणपोषण गरी जीविकोपार्जन गरी आएका छौँ । हामी निवेदकसरहका अन्य व्यक्तिले स्थानीय निकायको सिफारिसको आधारमा यसै प्रकृतिको जग्गा दर्ता गरी लिएकोमा हामीहरूको स्थानीय निकायको सिफारिस लिई विधिवत् जग्गाको दर्ता प्रक्रियामा लाग्ने प्रयत्नरत रहेको अवस्थामा हामीलाई कुनै सूचना तथा जानकारी नदिई सेरहवा गा.वि.स. का केही जमिन्दारहरूको पहलमा जिल्ला वन कार्यालय, बर्दियाले मिति २०६६।१०।२८ को निर्णयले प्रकृति सामुदायिक वन उपभोक्ता समूह दर्ता गरी मिति २०६६।१०।२८ मा सामुदायिक वनको रूपमा व्यवस्थापन गर्न हस्तान्तरण गरेको र सो आधारमा हामीहरूले बाली लगाई रहेको जग्गामा वृक्षारोपण गर्न थालेको भन्ने जानकारीमा आई वृक्षारोपण कार्यलाई हामीले रोक्दै मिति २०६७।३।२२ मा जिल्ला वन कार्यालय बर्दियामा निवेदन गरी तत् सम्बन्धमा यथार्थ जानकारी, सम्बन्धित कागजात माग गरी तत्काल वृक्षारोपणको कार्य रोक्न माग गर्दा उक्त कार्यालयबाट