निर्णय नं. ९५७३ - भरपाई लिखत दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५७३ - भरपाई लिखत दर्ता बदर दर्ता कायम भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०१/१० ३२९८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।१।१०।५ ०७०-NF-००१० मुद्दाः भरपाई लिखत दर्ता बदर दर्ता कायम पुनरावेदक / वादी : का.जि.का.म.न.पा. वडा नं. १ घर भई हाल ऐ. वडा नं. ४ बस्ने पुरण शमशेर ज.ब.रा. विरूद्ध प्रत्यर्थी / प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. १ नक्साल बस्ने खड्गकुमारी राणासमेत नेपाल सरकारले मोही हक लागेको जग्गा, जग्गावाला र मोहीबिच बाँडफाँडको कार्य गर्न गराउन समय तोकी सूचना प्रकाशन भएपछि जग्गाधनी र मोहीबिच जग्गा बाँडफाँड गर्ने वा जग्गाधनी र मोहीमध्ये कुनै एकको नाममा एकलौटी कायम गर्ने कार्य अंश मुद्दा परेको कारणले रोकिन सक्दैन । त्यो कानूनबमोजिम बाँडफाँड हुन्छ । कानूनबमोजिम भएको कार्यलाई लेनदेन व्यवहारसरह मानी लिखत बदरको फिराद गर्न पाउने भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता धिरेन्द्र सिंह प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र लोकभक्त राणा अवलम्बित नजिर : नेकाप २०६७, साउन, नि.नं.८३५९, पृ.६६७ नेकाप २०६८, साउन, नि.नं.८५९७, पृ.६४६ नेकाप २०६९, असोज, नि.नं.८८४५, पृ.९४६ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ख, २६ग, २६घ, २६घ२, २६ङ र २६च सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री बिनोदमोहन आचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री कृष्णप्रसाद बस्याल मा. न्या. श्री बुद्धिप्रसाद रेग्मी यसअघि फैसला गर्ने : मा. न्या. श्री गिरीश चन्द्र लाल मा. न्या. श्री डा.भरतबहादुर कार्की फैसला न्या.कल्याण श्रेष्ठ : यस अदालतको संयुक्त इजलासबाट मिति २०६९।१।२२ मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : प्रतिवादी खड्गकुमारी र म फिरादी आमा छोरा हौँ । हामीबिच आजसम्म अंशबन्डा भएको छैन । म फिरादीले २ भागको एक भाग अंश पाउँ भनी प्रतिवादी मुमाहजुरउपर अंश मुद्दा दायर गरी मुद्दा विचाराधीन अवस्थामा छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा मेरोसमेत अंश भाग लाग्ने का.जि.का.म.न.पा. वडा नं. १, कि.नं. ११२७, ०-१०-३-२ क्षेत्रफल जग्गा र घर मेरो अंश भाग मेटाउने उद्देश्यले प्रतिवादी मोही रूद्रकुमारी देवी शाह र जग्गाधनी आमा दुवै जनाले मिलेमतो गरी जग्गाधनीको आधा भागबापतको मोहीबाट मूल्य रू.१०,००,०००।- बुझी लिई मोहीको नाममा एकलौटी कायम गरी मोहीको लगत कट्टा गरिपाउँ भनी प्रतिवादीहरू दुवै जनाले भूमि सुधार कार्यालय, काठमाडौंमा संयुक्त निवेदन दिई मोही प्रतिवादी रूद्रकुमारी देवी शाहबाट उल्लिखित रकम बुझी लिए भनी मिति २०६१।१२।१८ मा भरपाई गरिदिनु भई भरपाई गरी दिएकै मितिमा भूमि सुधार कार्यालयले जग्गाको सम्पूर्ण हक प्रतिवादी रूद्रकुमारी देवी शाहको नाममा एकलौटी कायम गर्न मोही लगत कट्टा गरी मोहीको नाममा दा.खा. गर्नको लागि मालपोत कार्यालयमा लेखी पठाउनु भनी निर्णय भएको रहेछ । उक्त निर्णय गर्दा मलाई बुझिएको पनि छैन । सरोकारवालालाई नबुझी गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । अंश हक नैसर्गिक हक हो भन्ने कुरा स्थापित तथ्य हो । मुमाहजुर जग्गाधनी भएक