निर्णय नं. ९५७७ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५७७ - परमादेश भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०५/१६ ७९९६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।५।१६।४ ०७१-WO-०००७ विषय : परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१० बानेश्वरमा अवस्थित रहेको वातावरणीय विकास तथा संरक्षण कानूनी मञ्चको तर्फबाट आफ्नो हकमा समेत ऐ.का अध्यक्ष ऐ.ऐ. बस्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं महानगरपालिकाको कार्यालय, बागदरबार, काठमाडौंसमेत विकास र वातावरणको बिच आपसी सम्बन्ध हुने हुँदा विकास भावी पुस्ताको लागि बाधक नभई दिगो र समन्यायमा आधारित हुनु आवश्यक हुन्छ । स्वच्छ वातावरण मानव मात्रका लागि नभई सम्पूर्ण जैविक तथा वनस्पतिक प्रजातिको संरक्षणको लागि अपरिहार्य रहेको छ । वातावरणीय प्रदुषणको परिणाम स्वरूप जैविक विविधतामा ह्रास हुँदै जाने र त्यसको प्रत्यक्ष असर मानवलाई पर्ने हुँदा समस्त प्राणी जगत्‌को अस्तित्व स्वस्थ र स्वच्छ वातावरणमा मात्र सम्भव हुने हुन्छ । यी कुरालाई नीतिगतरूपमा नै वर्तमान नेपालको संविधानको धारा ५१ (छ) (५) मा “जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवम्‌ भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्दै वन, वन्यजन्तु, पंक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने” भन्ने नीति अङ्गिकार गरेको देखिन्छ । सोही धाराको खण्ड (१) मा “राष्ट्रिय हितअनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्द्धन र वातावरणअनुकूल दिगोरूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने” भनी वातावरणीय न्यायको अवधारणालाई समेत आत्मसात् गरेको पाइने । (प्रकरण नं.७) प्रदुषण भनेको वातावरणीय ह्रास वा वातावरणीय क्षतिको द्योतक हो । वातावरण संरक्षण ऐन, २०५३ को दफा २(ख) मा “प्रदुषण भन्नाले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्षरूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पुर्‌याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पुर्‌याउने क्रियाकलाप सम्झनु पर्छ” भनी प्रदुषणको परिभाषा गरिएको छ । जसअनुसार प्रदुषणले प्रकृतिको स्वचालित वातावरणलाई परिवर्तन गर्ने, प्राकृतिक स्वच्छतामा ह्रास अथवा क्षति गरी मानवीय जीवनलाई प्रभावित गर्ने कार्य गर्दछ । मानिसको गुणात्मक जीवन कायम गर्न वातावरण प्रदुषणका कारकको रूपमा रहेका फोहरमैलाको उचित व्यवस्थापन गर्ने एवम्‌ प्रदुषण नियन्त्रणको कार्यलाई सर्वाधिक प्राथमिकताको क्षेत्र मानिएको छ । वातावरणीय प्रदुषणको कारक तत्त्व विभिन्न प्रकारका फोहोर मैलाको सृजना र सोको उचित व्यवस्थापन हुन नसक्नु हो । वातावरणीय प्रदुषणले मानवीय एवम्‌ समस्त प्राणीहरूको स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा स्वस्थ वातावरणमा बाँच्न पाउने हक जीवनको अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेको पाइने । (प्रकरण नं.८) पर्चा, पम्प्लेट, होर्डिङ्गबोर्ड जस्ता वस्तु आफैँमा फोहरमैला भएको हुँदा यसले वातावरणका विभिन्न अवयवहरू जस्तै जल, स्थल र वायु प्रदुषण गर्नुका साथै वातावरणको अर्को महत्त्वपूर्ण पक्ष दृश्यको समेत प्रदुषण गर्दछ । विभिन्न मानवीय तथा प्राकृतिक कारणबाट उत्पन्न हुने वातावरणीय असर वा क्षतिले आँखाको दृश्यमा पर्ने नकारात्मक असरज