निर्णय नं. ९५८३ - लागु औषध (अफिम)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५८३ - लागु औषध (अफिम) भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/११/१२ ३६७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।११।१२।४ मुद्दाः लागु औषध (अफिम) ०६८-CR-००६३ पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, इनर्वासिरा वडा नं.४ घर भई जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.२ स्थित छपकैयामा डेरा गरी बस्ने हाल कारागार कार्यालय, वीरगञ्जमा थुनामा रहेका मिश्रादेवी भण्डारी विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदनले वादी नेपाल सरकार ०६८-CR-००६४ पुनरावेदक / वादी : प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदनले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.८ बस्ने हनुमान साहको छोरा मोतीलाल साह लागु औषध बरामद भएको अवस्थामा अपराध नमानिनको लागि आफूसँग लागु औषध रहनु पर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने हुन्छ । पुनरावेदिकाको साबिती बयानलाई लागु औषध बरामद भएको तथ्य प्रमाणित भएकोले प्रमाणमा लिन नमिल्ने अवस्था पनि देखिएन । लागु औषध बरामद भएको अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा बरामदी तथ्य आफैँमा कसुरजन्य हुन पुग्ने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १० लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च), दफा १२, दफा १४(१)(छ) को (३) सुरू फैसला गर्ने : मा. जि. न्या. श्री विष्णुप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री मोहनप्रसाद घिमिरे मा. न्या. श्री मोहनरमण भट्टराई फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार वादी प्रतिवादी दुवै पक्षबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०६५।७।३ गते वीरगञ्ज बसपार्कमा एक जना महिलाले पहेँलो रङ्गको झोलामा लागु औषध (अफिम) लुकाई छिपाई लगेको भन्ने सुराक पाई उक्त महिलालाई पक्राउ गर्नका लागि प्रहरी जनशक्ति खटाई पठाई दिन माग गरेको भन्ने प्र.ना.नी. सुरेन्द्र यादवको प्रहरी प्रतिवेदन । जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१८ स्थित भानु चोक बसपार्कमा एक जना महिला पहेँलो रङ्गको टाटेपाटे प्लास्टिकको झोला लिई शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा देखी निजलाई रोकी निजको झोला खानतलास गर्दा उक्त झोलामा लागु औषध अफिम ३ किलोसहित बरामद भएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । मिति २०६५।७।३ गते वीरगञ्ज बसपार्क इलाकामा गस्ती गर्दै जाँदा साँझ १८:३० बजेको समयमा भानु चोकमा पहेँलो रङ्गको टाटेपाटे प्लास्टिकको झोला बोकी हिँडेकी प्रतिवादी मिश्रादेवी भण्डारीबाट ३ किलो लागु औषध (अफिम) बरामद भएको भन्ने प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदन । मेरो घर बारा जिल्ला भए पनि वीरगञ्ज उपमहानगरपालिका वडा नं.२ छप्कैयामा डेरा गरी चिया पसल चलाउँदै आएकी छु । मैले चिनेका नगरदाहा गा.वि.स. वडा नं.८ घर भएका मोतीलाल साह पनि चिया खान मेरो पसलमा आउँदा चिनजान भयो । मिति २०६५।७।३ गतेका दिन साँझको समयमा म सिरहा घर भएकी ठूली आमाको घर जान भनी बस चढ्न बसपार्कमा बसेको अवस्थामा मोतीलाल साह पनि तीन वटा झोला बोकी म बसेको ठाउँमा आई सँगै जाने सल्लाह भयो । मोतीलालले यो झोलामा ल