निर्णय नं. ९५८४ - उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५८४ - उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०६/१७ ३६२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।६।१७।१ ०७०-CR-०२३७ मुद्दा : उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट ऐ. का सचिव केशवप्रसाद भट्टराई विरूद्ध प्रत्यर्थी / प्रतिवादी : अनन्त महतोको छोरा पर्सा जिल्ला, जितपुर गा.वि.स. वडा नं. ६ घर भई हाल मोरङ जिल्ला, विराटनगर उप–महानगरपालिका वडा नं. १३ तीनटोलिया बस्ने पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डिन प्रा.डा. रामकुमार सिंहसमेत उत्तरपुस्तिका कोडिङ गर्ने कार्य यस्तो तथा यसरी मात्रै गर्न सक्ने भन्नेनिश्चित कार्यविधि भएको देखिएको छैन । कोडिङ हुनैपर्ने बाध्यात्मक कार्यविधिको स्पष्टताको पुष्टि वादीद्वारा गरेको पनि देखिँदैन । विश्वविद्यालयको प्रवेश परीक्षा जस्तो गहन विषयको परीक्षामा उत्तरपुस्तिका परीक्षण गर्न कोडिङ विना सम्भव पनि नदेखिने । (प्रकरण नं.६) आफ्नो जिम्माको परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका तथा सोसँग सम्बन्धित कागजातहरू प्रतिवादीले बुक गरेको होटलमा राख्न नसक्ने भन्ने कहीँ कतैबाट स्थापित पनि छैन । परीक्षासँग सम्बन्धित पदाधिकारीले अवस्थाअनुसार परीक्षाको गोपनीयता तथा संवेदनशीलतालाई ध्यानमा राख्दै सोको लागि उचित निर्णय गर्न सक्ने नै मान्नु पर्ने । उत्तरपुस्तिकाको व्यवस्थापन परीक्षा उपसमितिका जिम्मेवार पदाधिकारीद्वारा होटलमा गरिएको कोडिङको कार्यलाई गैरकानूनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.७) भ्रष्टाचार नैतिक पतन देखिने गम्भीर प्रकृतिको कसुर हो । फौजदारी कसुर प्रमाणद्वारा सुस्पष्टरूपमा स्थापित भएको अवस्थामा मात्र प्रतिवादीलाई दोषी मान्न सकिन्छ । प्रचलित कानूनको बाध्यात्मक व्यवस्थाको उल्लङ्घन तथा कानूनले गर्न भनेको कुराको पालना नगरेमा मात्र फौजदारी दायित्वको सिर्जना हुन्छ । फौजदारी दायित्वको पुष्टि नभईकन दोषी ठहर गर्न विधिशास्त्रले नदिने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र २१ फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा १ को खण्ड (क) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायबाट B.Sc‍ Nursing को दोस्रो पटक भएको प्रवेश परीक्षाका उत्तरपुस्तिकाहरू उक्त परीक्षा उप-समितिका सदस्य नवीन भट्टराई, परीक्षा उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराई तथा चिकित्साशास्त्र संकायका डिन रामकुमार सिंहसमेतको मिलोमतोमा गौशालास्थित होटल भिजनमा राखी गैरकानूनीरूपमा कोडिङसमेत गर्न लागेको भन्ने व्यहोराको उजुरी निवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष मिति २०६८।८।२८ मा प्राप्त भई मिसिल सामेल रहेको । का.जि., का.म.न.पा. वडा नं. ९ बत्तिसपुतलीस्थित होटल भिजन नेपाल प्रा.लि. को नवीन भट्टराईको नाममा बुक भएको कोठा नं.४०३ बाट एकाउन्न वटा B.Sc. Nursing विषयको ह्वाइट हाउस कलेज सेन्टरका उत्तरपुस्तिका र विद्यार्थी हाजिरी फाराम दश थान तथा खाली उत्तर पुस्तिका एक पाकेट तथा उक्त वि