निर्णय नं. ९५८६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५८६ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०५/२१ ६१७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।५।२१।२ ०६७-CR-१०७२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : ओमप्रकाश सक्सेनाको छोरा, काठमाठौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बसुन्धरा घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल त्रिपुरेश्वरमा थुनामा रहेका वर्ष ३७ को लक्ष्मीप्रकाश सक्सेना विरूद्ध विपक्षी / वादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार ०६७-CR-१११२ पुनरावेदक / प्रतिवादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धरा बस्ने ओमप्रकाश सक्सेनाको श्रीमती रामदेवी सक्सेनासमेत ०६७-CR-१०८७ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला पुखुलाछी गाउँ विकास समिति वडा नं. २ बस्ने हरिगोपाल कारन्जितको छोरी वर्ष ५६ कि गंगादेवी श्रेष्ठ (कारन्जित) विरूद्ध विपक्षी / वादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार प्रतिवादीहरूले कर्तव्य गरी झुन्डिएर मरेको देखाउन उक्त कार्य गरेको अवस्था हुँदो हो त प्रतिवादीका शरीरमा शव परीक्षण गर्ने चिकित्सकहरूले भने जस्तो चोटपटक र संघर्षका चिह्नहरू देखिनु पर्ने हुन्छ । आफूमाथि प्रहार भएको अवस्थामा र आफ्नो मृत्यु अवस्यम्भावी छ भन्ने अवस्थामा बाँच्नका लागि मानिसले सक्दो संघर्ष गर्दछ । त्यस्तो संघर्ष भएको देखिएको चोटपटक लगायतको कुनै कुरा शव परीक्षण प्रतिवेदनबाट देखिन आउँदैन । पुनरावेदन अदालतको फैसलाबाट मृतक निदाएको अवस्थामा कर्तव्य गरी मारेको हुन सक्दछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यस्तो हुन सक्छ भन्ने अनुमान गर्ने काम अदालतको होइन । अदालतले वस्तुनिष्ठ तबरले भएका प्रमाणहरू केलाई निष्कर्षमा पुग्नुपर्ने हुन जाने । (प्रकरण नं.१०) मृतकको Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेको कुरामा पनि विवाद देखिँदैन । Suicide Note भनेकै आत्महत्या गर्ने संकल्प भएका मानिसले लेख्दछन् । बुबा मलाई माफ गरिबक्सेला ... जुन हजुरको प्रयास असफल भयो......... दिनसम्म यिनीहरूको बचनहरू सुनेर बस्ने...... भन्ने मृतकको आफ्नो बुबासँगै निराशा व्यक्त गर्दै पत्र लेखेको देखिन्छ । Suicide Note लाई एक प्रकारको मृत्युकालीन घोषणाको रूपमा पनि लिनुपर्ने हुन्छ । आफ्नो निराशापूर्ण जीवनलाई उल्लेख गर्दै Suicide Note मा लेखिएको अभिव्यक्तिसमेतको विश्लेषणबाट प्रतिवादीहरूसँगको व्यवहारबाट दिक्क लागेर मृत्युलाई आफैँले रोजेको भन्ने स्पष्ट देखिने । (प्रकरण नं.११) प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा र कमलेश द्विवेदी वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं., १३(३) नं., १७(३) नं. सुरू फैसला गर्ने :- माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मिरा खड्का फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:- मेरो छोरी सम्झना शाह सक्सेना र लक्ष्मीप्रकाश सक्सेनाबिच २०६१ आश्विन महिनामा विवाह भएकोमा सन्तान भएको थिएन । ससुरा ओमप्रकाश सक्सेना दोस्रो विवाह गरी अन्