निर्णय नं. ४२९४ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२९४ - लागू औषध भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/२० २९४१ निर्णय नं. ४२९४ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ३३९ फैसला भएको मिति: २०४७।५।२०।४ मा (साविक पेज नं. २१२) पुनरावेदक/वादी : प्र.स.नि. मिनबहादुर के.सी. समेतको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.रुपन्देही बुटवल न.पं. वडा नं. ६ बस्ने श्यामकुमार श्रेष्ठसमेत मुद्दा : लागू औषध (१) कुनै व्यक्तिको साथबाट लागू औषध बरामद हुँदैमा बिक्री वितरण गरेको कारोबार गरेको भन्न मिल्दैन त्यसबाट बरामद भएको परिणाम पनि विचारणीय हुने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान फैसला न्या.महेशरामभक्त माथेमा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।७।२८ को फैसलामा चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. लागू औषध नियन्त्रण गर्ने सिलसिलामा बुटवल नगर एरियामा समेत लागू औषधको कारोबार बिक्री वितरण गर्ने व्यक्तिहरुको सुराक पत्ता लगाई पक्राउ गरी ल्याउन हामीहरुलाई खटाई पठाइएकोमा लागू औषधको कारोबार गर्ने मानिसहरुको सुराक पत्ता लगाई जाँदा जि.रु. बु.न.पं. वडा नं. ६ घर डेरा गरी बस्ने श्याम श्रेष्ठ र ऐ.वडा नं. ८ मा दुकान गरी बस्ने अशोकमणि शाक्यको घरमा अवैध स्म्याक ब्राउन सुगरको कारोबार हुन्छ भन्ने विशेष सुत्रबाट पत्ता लाग्न आएबाट निज दुवैजनाको घर खानतलासी गर्दा अशोकमणि शाक्यको दुकान घरबाट ५(पाँच) पुडीया स्म्याक र श्याम श्रेष्ठको घर डेराबाट १(एक) पुडीया स्म्याक ब्राउन सुगर फेला परेको हुँदा मौकाको बरामदी मुचुल्का गराई यसै प्रतिवेदन साथ दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्र.स.नि.मिनबहादुर के.सी.समेतको प्रतिवेदन । ३. श्यामकुमार श्रेष्ठको घर डेरा खानतलासी हुँदा एक पुडीया स्म्याक फेला परेको ठीक साँचो हो भन्ने समेत व्यहोराको २०४५।४।३ को बरामदी मुचुल्का । ४. मेरो घर डेरा खानतलासी गर्दा एक पुडीया ब्राउन सुगर फेला परी बरामद गरी लगेका हुन् कहाँबाट कसरी आयो मलाई थाहा छैन । बरामद हुनुभन्दा एक दिन अगाडिको बु.न.पं. वडा नं. ६ बस्ने अशोक थापा मेरो घर डेरामा आएर यो औषधी राखी दिन पर्यो भनी दिएका र मैले औषधी भन्ने ठानी राखी दिएकोमा सो स्म्याक रहेछ बरामद भएपछि मात्र थाहा भयो भन्ने समेत व्यहोराको प्रतिवादी श्यामकुमार श्रेष्ठले प्रहरीमा गरेको २०४५।४।४ को बयान कागज । ५. मिति २०४५।४।३ गतेका दिन श्याम श्रेष्ठको घर डेराबाट प्रहरीहरु आई स्म्याक बरामद गरी लगे भन्ने सुनेको हुँ । सो स्म्याक अशोक थापाले औषधी हो राखी दिन पर्यो भनेबाट श्यामले औषधी नै होला भन्ने ठानी राखी दिएकोमा प्रहरीहरुले बरामद गरी लगेका हुन् । श्यामले जानी जानी सो स्म्याक राखेकोमा विश्वास लाग्दैन । स्म्याकको कारोबार गरेको पनि थाहा छैन भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरु भएको २०४५।४।९ को सरजमीन मुचुल्का । ६. प्रतिवादी श्यामकुमार श्रेष्ठले ला.औ.(नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ) र (साविक पेज नं. २१३) (च) को अपराध गरेको र अशोक थापाले ऐ.ऐनको दफा ४ को खण्ड (घ) र (छ) को अपराध गरेकोले प्र.श्यामकुमार श्रेष्ठलाई सोही ऐनको दफा १४ को उपदफा १(ग) र प्र.अशोक थापालाई उक्त ऐनको दफा १४ को (१)(ग) तथा (घ) अनुसार सजायँ हुन समेत