निर्णय नं. ९५८७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५८७ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०४/२८ ४३४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।४।२८।५ ०६९-WO-१२७० विषय : उत्प्रेषण निवेदक : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.८ बस्ने तेजनारायण देवको पत्नी कौशल्या देवी विरूद्ध विपक्षी : पुनरावेदन अदालत, राजविराजसमेत असाधारण क्षेत्राधिकार कानून प्रतिकूलको क्षेत्राधिकार नभई कानून कै परिपूरकको क्षेत्राधिकार हो । यसको प्रयोग सामान्य अवस्थामा हुने होइन । कानूनले स्पष्टरूपमा कार्यविधि तोकी दण्ड सजायको ४८ तथा अ.बं. ६५ नं. को व्यवस्थाअनुरूप काम कारवाही गरी ती काम कारवाहीको न्यायिक परीक्षणसमेत भई आदेशको अन्तिमता भइसकेकोमा पुनः रिटबाट हेर्न सकिने अवस्था नहुने । असाधारण क्षेत्रबाट क्षेत्राधिकारको अभाव, क्षेत्राधिकारको इन्कारी, कानूनको त्रुटि, दुषित निर्णय आदि भएमा आदेश जारी गर्ने हो । सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्याउने हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्दैन । म्यादभित्रै उपस्थित भई आफ्नो हक अधिकार प्रयोग नगरी म्याद नघाई थाम्ने थमाउने म्यादसमेत समाप्त गरी साधारण कानूनी अधिकार त्याग गरी असाधारण अधिकारको खोज गर्नुलाई उचित मान्न नसकिने । विलम्बले समन्यायलाई पराजित गर्नेसमेत हुँदा निवेदकलाई असाधारण क्षेत्रअन्तर्गत ढिलो गरी आएको अवस्थामा अदालतले सहयोग गर्न सक्दैन । सामान्य कानूनी अधिकारको बाटो गुमाई असाधारण अधिकारको बाटोबाट आफ्नो अधिकारको खोजी गर्ने कार्य समन्यायिक समेत नदेखिने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६९, अङ्क १, नि.नं.८७६३ सम्बद्ध कानून : मुलुकी ऐन, दण्ड सजायको ४८ नं. मुलुकी ऐन, अ.बं.६५ नं. आदेश न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधानको धारा १०७ (२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ : उपरोक्त प्रत्यर्थी नं. ४, ५, ६, ७ सँग म निवेदिका वादी भई २०६३ सालको दे.नं. २२१२ को लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट मिति २०६५।१०।२६ मा ३०९०००।- सावाँ र सोको ब्याजसमेत प्रत्यर्थी नं. ५ बाट भराई लिन पाउने ठहरी फैसला भएको र पुनरावेदन अदालत, राजविराजबाट मिति २०६६।१२।१९ मा सुरू फैसला सदर भएको अन्तिम फैसलाबमोजिम म निवेदिकाले वारिसमार्फत मिति २०६७।१०।१९ गते दण्ड सजायको ४२ नं. बमोजिम म्यादभित्रै बिगो भरी भराइको दरखास्त सप्तरी जिल्ला अदालतमा दिई कारवाही चलिरहेको अवस्थामा तहसिल शाखाबाट मिति २०६८।२।९ को तारिख तोकिएकोमा मेरो वारिसले विपक्षीहरूसँग मिली सो तारिखमा हाजिर नभई गुजारी दिएको र सोको कुनै जानकारी म निवेदिकालाई दिएको थिएन । जसकारण मैले आफ्नो कारवाहीको मुद्दा सकार गर्न पाइँन । यसरी वारिसले तारेख गुजारी बसेको र कानूनबमोजिम तारेख थाम्ने थमाउने म्याद समाप्त भइसकेको कारण देखाई त्यस अदालतका तहसिलदारज्यूबाट मिति २०६८।३।३१ मा प्रस्तुत बिगो मुद्दाको दायरी लगत कट्टा गरी तामेलीमा राख्ने आदेश भयो र सोको जानकारीसमेत मलाई कहीँकतैबाट जानकारी भएन । मिति २०६९ साल आषाढ महिनामा नक्कल सारी पूर्ण व्यहोरा थाहा पाई