निर्णय नं. ९५८९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५८९ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०९/१६ ४०८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।९।१६।५ मुद्दा : कर्तव्य ज्यान ०६९-CR-०२४५ पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, गा.वि.स. महादेवा वडा नं. ४ घर भई हाल कारागार शाखा राजविराज, सप्तरीमा थुनामा रहेका वर्ष ५८ को राजदेव मण्डल विरूद्ध प्रत्यर्थी / वादी : सोनाई खंगको जाहेरीले नेपाल सरकार ०६९-CR-०५३० प्रत्यर्थी / वादी : सोनाई खंगको जाहेरीले नेपाल सरकार विरूद्ध पुनरावेदक / प्रतिवादी : मंगल मण्डलको छोरा जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ४ बस्ने गोसाई मण्डल मधैयासमेत फौजदारी कसुरमा अभियोग दाबी लिँदा को कसले के कस्तो अपराध गरेको हो सोबापत के कस्तो दायित्व लिनुपर्दछ सो कुरा स्पष्ट खुल्ने गरी छुट्टाछुट्टैरूपमा उल्लेख गरी अभियोग एवम् कसुर अपराधको दायित्वको निर्क्यौल गर्नुपर्ने हुन्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको पाइन्छ । केवल आरोप लगाउनु मात्र कसुर स्थापित गर्ने आधार हुन सक्दैन । सबै अभियुक्त समानरूपमा दोषी हुन् भन्ने अनुमान गर्नु कानून र न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : विद्वान् सहन्यायधिवक्ता खगराज पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. मुलुकी ऐन, अ.बं.१८८ नं. सुरू फैसला गर्ने : मा. जि. न्यायाधीश श्री किरणकुमार पोखरेल पुनरावेदन फैसला गर्ने : माननीय न्यायाधीश श्री बलराम बिष्ट माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६८।११।१५ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षले चित्त नबुझाई परेको पुनरावेदनपत्रहरू यसै अदालतको क्षेत्राधिकार पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: मिति २०६३।१०।११ गते बिहान अं. ८:०० बजेको समयमा जिल्ला सप्तरी गा.वि.स. महादेवा-४ स्थित थानपोखरी भन्ने स्थानमा मसमेतका मानिसहरूलाई राजदेव मण्डल मधैयासमेतका व्यक्तिहरूले भाला, खुकुरी, रडसमेतले हिर्काई घाइते बनाएकोमा घाइतेमध्ये विनोदकुमार खंगको उपचारको क्रममा मृत्यु भएको भन्नेसमेत व्यहोराको सोनाई खंगको जाहेरी दरखास्त । पूर्वमा रामचन्द्र मण्डलको खेत, पश्चिममा विनोद गुप्ताको बाँसघारी, उत्तर हरिनारायण मण्डलको बाँसघारी, दक्षिण नजिकै गहुँबारी, यति चार किल्लास्थित जिल्ला सप्तरी महादेवा-४ मा रहेको थानपोखरी, सो पोखरीको पश्चिम उत्तरमा रहेको पिपलको बोटमुनी मिति २०६३।१०।११ गते बिहान सोनाई खंगसमेतका मानिसहरूलाई राजदेव मण्डलसमेतका मानिसहरूले भाला, रडसमेतले हिर्काएको घटनास्थल र पूर्वमा राजकुमार मण्डलको घर, पश्चिम उत्तर दक्षिणको बाटो, दक्षिण बेचन मण्डलको फूलबारी, उत्तर कारी मण्डलको घर यति चार किल्लास्थित जिल्ला सप्तरी महादेवा-४ बस्ने राजदेव मण्डलको टालीले छाएको घर, सो घरको अगाडी आँगनसमेतमा मिति २०६३।१०।११ गते बिहान जाहेरवाला सोनाई खंगसमेतका मानिसहरूलाई राजदेव मण्डलसमेतका मानिसहरूले कुटपिट गरेको भन्ने छुट्टा छुट्टै लेखाई दिएको घटनास्थल मुचुल्का । वादी नेपाल सरकार प्रतिवादी राजदेव मण्डलसमेत भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला सप्तरी महादेवा-४ बस्ने ग