निर्णय नं. ९५९१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५९१ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/१२/१८ १०२२९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७२।१२।१८।५ ०७०-NF-००२३ विषय : उत्प्रेषण पुनरावलोकन निवेदनकर्ता / विपक्षी : भारतीय कानूनबमोजिम स्थापित १/ए वन्सिटार्ट रो कलकत्ता ७००००१ पश्चिम बंगाल भारतमा रजिष्टर्ड कार्यालय भई हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ३ मा अवस्थित रहेको दामोदर रोपवेज एण्ड कन्स्ट्रक्शन कम्पनीको तर्फबाट अख्तियार प्राप्त अरविन्द मजुम्दार विरूद्ध प्रत्यर्थी / निवेदक : नेपाल सरकार, अर्थ मन्त्रालय करार भनेको सम्बन्धित पक्षले आफूहरूबीच लागू हुने गरी स्वतन्त्र सहमतिमा गरेको कानूनबमोजिमको सम्झौता हो । त्यसैले करारका सर्तहरू सम्बन्धित पक्षका लागि बन्धनकारी हुन्छन् र तिनीहरूको पालना गर्नु करारका पक्षहरूको कानूनी दायित्व बन्दछ । करार कानून सम्बन्धित करारका पक्षहरूलाई लागू हुने दायित्वसम्बन्धी कानून हो । करारबमोजिम पूरा गर्नुपर्ने दायित्व कुनै एक पक्षले पूरा नगरेको अवस्थामा अर्को पक्षले पूरा गर्नुपर्ने दायित्वबाट छुट्कारा पाउन सक्दछ । आफैँ दायित्व पूरा गर्न नसक्ने पक्षले अर्को पक्षलाई दायित्व पूरा गर्न बाध्य गर्न नसक्ने । (प्रकरण नं.४) सारभूतरूपमा कार्य सम्पन्न भएको मान्नका लागि जुन काम वा उद्देश्यका लागि करार भएको हो सो काम वा उद्देश्य पूरा हुने किसिमबाट कार्य भएको हुनुपर्दछ । यस्तो उद्देश्य प्राप्त नभएको अवस्थामा सारभूतरूपमा काम सम्पन्न भएको मान्न नसकिने । (प्रकरण नं.७) करारमा नै कार्य सम्पन्नता प्रमाणित गर्ने अधिकार भएको निश्चित अधिकारी र प्रक्रियासमेत तोकेको अवस्थामा त्यसबाहेकको प्रक्रिया अवलम्बन गरी पेस भएको निर्णय (Minutes) लाई कार्य सम्पन्नताको आधार बनाउन करारको भावना प्रतिकूल हुने । (प्रकरण नं.८) करारमा नै कार्य सम्पन्नताको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी कसैलाई तोकेको अवस्थामा त्यस्तो आधिकारिक व्यक्तिले कार्य सम्पन्नताको प्रमाणपत्र जारी नगरी अन्य कुनै व्यक्तिले कुनै बैठकमा भाग लिई निर्णयमा दस्तखत गरेको भन्ने मात्र आधारमा त्यसैलाई कार्य सम्पन्नताको आधार बनाउनु करारको भावना र मान्यताको प्रतिकूल हुने । (प्रकरण नं.९) तेस्रो पक्षबाट काम लगाउने वा नलगाउने भन्ने कुरा ठेक्कादाताको स्वविवेकमा भर पर्ने निजको अधिकारको कुरा हो । ठेक्कादाता नेपाल ओरिण्ड म्याग्नेसाइट कम्पनीले सो अधिकार प्रयोग नगरेको कारण करारबमोजिमको कार्य सम्पन्न भइसकेको अर्थ गर्न नमिल्ने हुन्छ । यसबाट करारबमोजिमको कार्यसम्पन्न भइसकेको भनी यस अदालत पूर्ण इजलासबाट पुनरावलोकनको निस्सा प्रदान गर्दा लिएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) कुनै पनि सम्झौताको व्याख्या सम्पूर्ण सम्झौताका आधारमा गर्नुपर्ने हुन्छ । कुनै एउटा दफा वा कुनै एउटा अंशलाई मात्र आधार मानेर व्याख्या गर्दा छुट्टै परिणाम निस्कन सक्ने । (प्रकरण नं.१२) जमानी सम्झौताअनुसारको दायित्व कुन समयमा र कहिले प्रारम्भ हुने भन्ने कुरा मुख्य करारका सर्तहरू र जमानीसम्बन्धी करारका सर्तहरूमा भर पर्ने कुरा हो । जमानीकर्ताको दायित्व जहिले पनि दोस्रो (Secondary) हुन्छ । मूल ऋणी वा दायित्व पूरा गर्ने मूल पक्ष (Principal Debtor) ले आफ्नो दायित्व पूरा नगरेको अवस्थामा मात्र जमानीकर्ताको दायित्व सुरू हुन्छ । मूल पक्षको दायित्