निर्णय नं. ९५९५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५९५ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/११/१० ३३१९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति : २०७१।११।१०।१ ०६९-CI-०८२५ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : दैलेख जिल्ला पगनाथ गा.वि.स. को हाल ऐ. नारायण नगरपालिका वडा नं. १ दैलेख बजार बस्ने कृष्णबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी / विपक्षी : राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, रामशाहपथ, काठमाडौंसमेत निवृत्तभरणसम्बन्धी व्यवस्था सामाजिक सुरक्षाबापत सेवा निवृत्त भएपछि निवृत्त कर्मचारीलाई दिने सुविधा हो भन्ने तथ्यमा पनि विवाद छैन । पुनरावेदक राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएको देखिँदा सोही बैंकको कर्मचारी विनिमायवलीले गरेको व्यवस्था नै हेरी निर्णय गर्नुपर्ने । राष्ट्रिय वाणिज्य बैंक सेवा विनियमावली, २०६१ को विनियम ५९(३) को प्रतिबन्धात्मक वाक्यांशमा तर यस विनियमबमोजिम निवृतिभरण पाइरहेको कर्मचारीले दोहोरो निवृतिभरण पाउने छैन र निवृत्त भइसकेपछि विवाह गरेमा त्यस अवस्थामा पति वा पत्नीले पाउने छैन भन्ने व्यवस्था भएको देखिन्छ । इच्छाइएको व्यक्तिमा श्रीमान् वा श्रीमतीको नाम उल्लेख गरिनु भनेको सेवा निवृत्त कर्मचारीको मृत्यु भएपछि इच्छाइएको व्यक्तिले सामाजिक सुरक्षाबापतको सुविधा लिन पाउनु हो । जब कि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी विनियमावली, २०६१ को विनियम ५९(३) को प्रतिबन्धात्मक वाक्यांशले सेवा निवृत्त भएपछि विवाह गरेमा त्यस्तो सुविधा नपाउने गरी सीमा तोकिदिएको पाइने । (प्रकरण नं.५) पुनरावेदक / निवेदक : प्रत्यर्थी / विपक्षी : अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सेवा विनियमावलीको विनियम ५९(३) प्रतिबन्धात्मक वाक्यांश पुनरावेदनमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री रामचन्द्र यादव आदेश का.मु.प्र.न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६९।६।१० को फैसलाउपर निवेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म निवेदक विपक्षी बैंकको पूर्व का.मु. सहलेखा अधिकृत पदबाट सेवा निवृत्त भएको कर्मचारी हुँ । मेरो जेठी श्रीमती लिलादेवी बस्नेतबाट २०५१ सालमा एउटा छोराको जन्म भएको थियो । छोराको बस दुर्घटनामा परी मृत्यु भएपछि हामी परिवारका मानिस विक्षिप्त अवस्थामा रहेका थियौ । पछि जेठी श्रीमतीबाट छोरा छोरीको जाय जन्म नहुने भएपछि हामी श्रीमान् श्रीमतीका बीचमा भएको सल्लाहले कान्छी श्रीमतीको रूपमा मैले कमला बसन्नेतसँग दोस्रो विवाह गरी निजबाट एकजना छोराको जन्म भएको छ । त्यसपछि म, जेठी श्रीमती र कान्छी श्रीमती केही समय सँगै बस्दै आएका थियौ । कान्छी श्रीमतीबाट २०५३ सालमा छोराको जन्म भएपछि जेठी श्रीमती लिलादेवीले एक्कासी म र कान्छी श्रीमतीउपर अंश मुद्दा दायर गरेकाले सो मुद्दामा मेरो पेन्सनमा जेठी श्रीमतीले दाबी नगर्ने गरी बहुमूल्य सम्पत्ति र घर जग्गा जेठीले पाउने गरी मिति २०६५।११।१८ मा सुर्खेत जिल्ला अदालतमा मिलापत्र भएको थियो । मैले विपक्षी बैंकबाट पाउने निवृत्तभरणमा शेषपछिको इच्छाएको व्यक्तिमा जेठी श्रीमतीको नाम उल्लेख गरेको थिए । अंश मुद्दामा मिलापत्र भएपछि मैले विपक्षी बैंकमा इच्छाएको व्यक्तिमा कान्छी श्रीमती कमला बस्नेतको नाम स