निर्णय नं. ९५९६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५९६ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/११/११ ४२३७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति :२०७१।११।११।२ ०७०-CI-०१९५ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : का.जि.का.म.न.पा. वडा नं. ३३ आनन्द भैरवमार्ग ज्ञानेश्वर स्थित नेपाल साहित्य प्रकाशन केन्द्रका प्रोपाइटर मोहनकुमार उपाध्याय विरूद्ध प्रत्यर्थी / विपक्षी : आन्तरिक राजस्व कार्यालय काठमाडौ क्षेत्र नं.१ बबरमहलसमेत कानूनले स्पष्टरूपमा कुनै निकाय वा अधिकारीले गरेको निर्णय वा निर्णय पर्चा उपर अर्को कुनै निकायमा पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था गरेको छ भने कानूनले गरेको व्यवस्थालाई अदालतले सोहीबमोजिम अनुशरण गर्नुपर्ने । (प्रकरण नं.४) रिट क्षेत्रबाट अदालत प्रवेश गर्नका लागि साधारण अधिकारक्षेत्रको मार्ग समाप्त भएको हुनुपर्दछ । साधारण अधिकारक्षेत्रको मार्ग कानूनले दिई रहेको अवस्थामा असाधारण अधिकारक्षेत्रबाट न्याय निरूपण गर्न मिल्दैन । साधारण अधिकारक्षेत्रको मार्ग नै अवलम्बन गर्नुपर्दछ । कानूनबमोजिम पुनरावेदकले प्रत्यर्थी विभागको निर्णयउपर साधारण अधिकारक्षेत्रअन्तर्गत राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाउने कानूनी हक हुँदाहुँदै असाधारण अधिकारक्षेत्रको वैकल्पिक मार्गबाट निर्णय गर्दा आयकर ऐन, २०५८ को दफा ११६ (१) मा भएको विधायिकी व्यवस्था निस्प्रभावी हुने तथ्य विदितै छ । पुनरावेदकले उठाएका प्रश्नहरूको निरूपण राजस्व न्यायाधिरणबाट पुनरावेदनको रोहमा हुन सक्ने अवस्थामा अदालतबाट हस्तक्षेप गरी बोल्नु अधिकारक्षेत्रसम्बन्धी मान्य सिद्धान्त र न्यायपालिकाले हालसम्म अवलम्बन गर्दै आएको अभ्यासको समेत प्रतिकूल हुने । (प्रकरण नं.५) पुनरावेदक / निवेदकका तर्फबाट : प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ को दफा ११६(१) राजस्व न्यायाधिकरण ऐन, २०३१ न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) पुनरावेदन अदालतमा फैसला गर्ने : मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद पराजुली मा. न्यायाधीश श्री हरिकुमार पोखरेल आदेश स.का.मु.प्र.न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६९।९।१८ को फैसलाउपर निवेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : निवेदक फर्मले विगत ३ दशकदेखि विद्यालय तहको पाठ्यपुस्तक तथा साहित्यिक पुस्तकहरूको प्रकाशन, मुद्रण, खरिद एवं बिक्रीको कारोबार गरी आएको छ । यसै क्रममा केही विद्यालयहरूले विद्यार्थीको लागि आवश्यक पाठ्यपुस्तकको माग गरेअनुसार पुस्तकको व्यवस्था गरी बिक्री गर्दै आएकाथियौँ । यो फर्मसँग पुस्तक बिक्री गर्ने एकाधिकार छैन । यसका ग्राहक भनेका जनक शिक्षा सामग्री केन्द्र, विद्यार्थी र पुस्तक पसल नै हुन् । ग्राहकले पाठ्यपुस्तकलगायतका सामग्री माग गर्ने तर आफ्नो मुद्रण उपकरण नभएकोले अन्यत्रबाट कापी खरिद गरी वा मुद्रण गर्न अर्डर गरी ग्राहकको मागबमोजिम कापीसमेत उपलव्ध गराई आएका छौं । यो साहित्य प्रकाशन केन्द्रको मुख्य कारोबार विद्यालय स्तरीय साहित्यिक पुस्तकहरूको बिक्री नै हो । ग्राहकको मागबमोजिम आफ्नो व्यवसायलाई वृद्धि गर्नको लागि कापीहरू उपलब्ध गराई आफ्नो व्यवसायलाई निरन्तरता दिई कानूनबमोजिम बुझाउनु पर्ने राजस्व रकम नियमितरूपमा बुझाएका छौं । आ.व. २०६६।०६७ मा रू.५६,