निर्णय नं. ४२९५ - जग्गा निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२९५ - जग्गा निखनाई पाउँ भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०४/२४ २४७६ निर्णय नं. ४२९५ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.वि.नम्बर ३७ फैसला भएको मिति: २०४७।४।२४।४ मा निवेदक/प्रतिवादी: जि.झापा केराबारी गा.पं. वार्ड नं. ५ बस्ने नन्दकुमारी नेपालसमेत (साविक पेज नं. २१५) विरुद्ध विपक्षी/वादी: जि.झापा गौरीगंज गा.पं. वार्ड नं. ९ बस्ने गणेशप्रसाद भट्टराई मुद्दा : जग्गा निखनाई पाउँ (१) पानी झर्ने भन्ने साँध जोडिएको कारणबाट मात्र सन्धी पर्ने भन्न मिल्ने देखिएन । (प्रकरण नं. १६) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.प्रचण्डराज अनिल १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।८ को फैसला उपर चित्त नबुझाई इन्साफ जाँच गरी पाउन हु.प्र.बक्स पाउँ भन्ने प्रतिवादी पक्षको निवेदनमा इन्साफ जाँचको लागि हु.प्र.बक्स भए बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. केराबारी गा.पं. वडा नं. १ को कि.नं. ००७ र १११ को दर्तावाल चरम हेमराज सतारले रु. ९०००।– मा ०३४।१।१३ मा चुडामणि नेपाललाई रजिष्ट्रेशन पास गरी दिएको जग्गा मध्ये ००७ र ००८ को वार्ड नं. १ को नक्शाको सिमाना पर्छ । नक्शा १ख को कि.नं. ३३०, ३३१, ३३२, ३२८, ३२७, ३३६, ३२५ दक्षिणतर्फ भिरालो भई पानीको बहाव दक्षिणतर्फ चलनमा ०८ नं. को कित्तामा उकालो ०७७ को चरम हेमराजबाट इजाजत लिई माटो बनाई ७ नं. को होली परेको ठाउँबाट ८ नं. कित्तामा पानी पुर्याई खेती हुने गरेको दक्षिण कित्ता १११ वा उत्तर कित्ता नं. ११० मा पानी पुर्याई खेती चली रहेकोले दुवै कित्ता सन्धिसर्पन पर्ने जग्गा भू.प्र.का.मा ०३४।९।११ मा थैली धरौट राखी उजूर गरेकामा बाटो पैनी गोरु हिंडाएको भए परापूर्वको निकासा सम्बन्धमा पहिले नै उजूरी गर्न पर्ने भनी सन्धिसर्पन स्वीकारी मुलुकी ऐन सातौं संशोधन ०३४।९।२७ जारी भएको कानुनले लिखित नपाउने इन्कार गर्ने भएको र सन्धिसर्पन नपर्ने भन्ने फैसला हुन गयो सो उपर मेरो अञ्चलाधीश कार्यालयमा पुनरावेदन गर्दा ०३६।१२।६ मा अदालत जान भनी निर्णय भएकोले र यस पूर्व नै चुडामणि नेपालको मृत्यु भएकोले निजको हक खाने हकदार उपर फिराद गर्नु पर्ने परिस्थितिले र दुवै कित्ता नं. ००७ र १११ समेत मुख्य पानीकै सन्धिसर्पन नपरेकोले सन्धिसर्पन कायम गरी निखनाई पाउँ भन्ने समेत वादीको फिराद । ३. दावीको ००७ नं. को जग्गा पनि चुडामणीको नाउँमा दर्ता रहेको कि.नं. ३३१ को उत्तरपट्टि पर्छ र सो जग्गाको साँध देखि दक्षिण हुँदै पूर्वसम्म उक्त ७ नं. को जग्गाको विपक्षको पूर्वपट्टि छ । सो हुँदा दुवैपट्टी ८ नं. को कित्तामा घरबास छ सो देखि पूर्व उत्तर दक्षिणको साँध विपक्षको घर पूर्व आसानबाट निक्लँदा मूल सडक निस्कन्छ । यस्तो विषयमा पैनीको आवश्यक पर्दैन । दावीको कि.नं. १११ को जग्गामा जान लागी फिरादी घर अगाडिबाट दक्षिण जाँदा निजको कि.नं. ११० को जग्गामा वादी पानीको निकासा छ सो निकासी १११ को जग्गामा जान्छ कित्ता नाघेर गएपछि मात्र पुगिन्छ । यस्तो हुँदा सन्धिसर्पनको सुविधा मिल्दैन सन्धिसर्पनको अर्थ हो भने घरले चर्चेको जग्गा जमीन घरबाट निक्लने निकासा गौचर पानीघाट हो तसर्थ यी सबैबाट अलग्गै भएकोले फिरादीको फिराद खारेज गरी पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तरपत्र