निर्णय नं. ९५९८ - अपहरण गरी बन्धक बनाएको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५९८ - अपहरण गरी बन्धक बनाएको भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/०६/११ ३१४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति :२०७२।६।११।२ ०६९-CR-०६३२ मुद्दा :अपहरण गरी बन्धक बनाएको पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही मसिना गा.वि.स. वडा नं. ५ बस्ने मोहिउद्दीन मुसलमानको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही मसिना गा.वि.स. वडा नं. ३ पण्डितपुर बस्ने मोसिवर शेषको छोरा मुन्सी भन्ने सहाबुद्दीन शेष अपहरणको वारदातमा दुई वा सोभन्दा बढि व्यक्तिको संलग्नता रहेको निर्विवाद पुष्टि भएको अवस्थामा मात्र मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ नं. आकर्षित हुने हुन्छ । अपहरणको कसुरमा दुई जना वा सोभन्दा बढी समूह भई घटित भएमा कसुरको गम्भीरता र घनत्व बढन जान्छ र त्यस्तो भएमा कानूनले थप सजायको व्यवस्था गरेको देखिन्छ । तर, त्यस्तो थप सजाय गर्नु पूर्व दुई जना वा सोभन्दा बढी व्यक्तिको अपहरण कार्यमा संलग्नता थियो भनी वादी पक्षले प्रमाणित गर्न सक्नुपर्ने । वारदातमा संलग्न व्यक्तिहरूको हुलिया तथा वतनसमेत कही कतैबाट खुल्न र खुलाउन सकेको देखिँदैन । प्रतिवादी मुन्सी भन्ने सहावुद्दिन शेखका अतिरिक्त अन्य अस्थित्वमा नै नरहेका दुई जना व्यक्तिहरू समेतको संलग्नताको अनुमान गरी मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको महलको ७ नं. अनुरूप थप सजाय गर्नु न्यायोचित देखिन आएन । दुई जना वा सो भन्दा बढी व्यक्तिहरूको संलग्नता शंकारहित तथा निर्विवाद पुष्टि हुन नसकी रहेको अवस्थामा प्रतिवादी साहवुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको ७ नं. बमोजिम थप सजाय हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायधिवक्ता संजिवराज रेग्मी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. सुरू फैसला गर्नेः जिल्ला न्यायाधीश श्री रामकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायण प्रसाद दाहाल मा. न्यायाधीश श्री नीता गौतम दीक्षित फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः म जिल्ला रूपन्देही मसिना गा.वि.स.वडा नं. ५ नौकाडिह गाउँको स्थाई वासिन्दा हुँ । मेरै गा.वि.स. वडा नं. ३ पण्डितपूर गाउँ निवासी नजिमुन निसालाई मेरो छोरा ईर्साद अहमद मुसलमानले चलाएको मोटरसाइकलले ठक्कर दिई मृत्यु भएकोमा सोसम्बन्धमा कृयाखर्च र क्षतिपूर्तिबापतको एक लाख दश हजार रूपैयाँ बुझाइसकेको छु । सो बारेमा खुनको बदला खुन चाहिन्छ भनी विपक्षी मुन्सीले भनेका थिए । मेरो छोरा विगत ५ महिनादेखि इमाम अहमद विन हम्बल तौलिहवामा कक्षा ६ मा अध्ययन गरिरहेको घरमा गएको बेलामा घटना भयो। घटनाको ३/४ दिन पछाडी पुनः अध्ययन गर्न आएकोमा मिति २०६६/११/७ गते बिहान सोही मदरसाको गेट अगाडिबाट मुन्सीसमेतका ३ जना मानिसहरूले मोटरसाइकलमा हाली अपहरण गरी लगेकोले मेरो छोराको खोजतलास गरी मेरो जिम्मा पाउँ र विपक्षीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मोहीउद्दीन मुसलमानको खोजतलास गरिपाउँ भन्ने मिति २०६६।११।७ मा जिल्ला प्रहरी कार्यालय, कपिलबस्तुमा दिएको निवेदन । जिल्ला