निर्णय नं. ९६०० - आगलागी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६०० - आगलागी भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/०६/१२ ५०१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।६।१२।३ मुद्दा : आगलागी ०७०-CR-००५८ पुनरावेदक / प्रतिवादी :जिल्ला तेह्रथुम सग्रान्ती बजार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार शाखा तेह्रथुममा थुनामा रहेको लक्ष्मीप्रसाद खत्री विरूद्ध प्रत्यर्थी / वादी : बुद्धराज लम्जेलसमेतको जाहेरीले नेपाल सरकार ०७०-CR-०५८१ पुनरावेदक / वादी : बुद्धराज लम्जेल समेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला तेह्रथुम सग्रान्ती बजार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय तेह्रथुममा थुनामा रहेको लक्ष्मीप्रसाद खत्री सुकेको खरबारीमा सलाईको काँटी फाल्दा खरबारीमा आगो लाग्न सक्छ र त्यसबाट नजिकका घरमा आगो लाग्न सक्छ भन्ने कुरा सामान्य विवेक भएको मानिसलाई थाहा हुन सक्ने विषय हो । यसरी सामान्य विवेकसम्म नराखी आफूले गर्न लागेको कार्यबाट अर्काको हानी नोक्सानी हुन्छ भन्ने जानीबुझी त्यस्तो कार्य गर्ने र त्यसबाट नोक्सानी हुन गएमा प्रतिवादीले लापरबाही गरेको मानिने । आफूद्वारा हुने कार्यबाट दुष्परिणाम निस्कन सक्दछ भन्ने जानीजानी उसले गरेको कार्यबाट आपराधिक कार्य घटन गएमा उसको मानसिक अवस्था पूर्णतया निर्दोष रहेछ भनी मान्न मिल्दैन । यो मनसायकै एउटा स्वरूप हुँदा निजमाथि फौजदारी दायित्व आकर्षित हुन्छ । तसर्थ प्रस्तुत वारदात मनसायपूर्वक घटेको होइन भन्ने बयान जिकिर र गम्भीर लापरबाहीबाट घटना घटेको पुष्टि भइरहेको परिप्रेक्षमा प्रतिवादीले आपराधिक दायित्वबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने पुनरावेदन जिकिर मुनासिब देखिन नआउने । (प्रकरण नं.५) प्रतिवादीले फरक फरक ठाउँमा आगो लगाएर एकभन्दा बढी घरमा क्षति भएको अवस्था नभएको र थप घरमा आगो लगाउन प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको तथ्य स्थापित हुन आएको देखिँदैन । जहाँसम्म एकभन्दा बढी घरमा क्षति भएको हुँदा आगो लगाउनेको ४ र ५ नं. आकर्षित हुन्छ भन्ने अभियोग दाबी छ सोतर्फ हेर्दा प्रतिवादीले प्रत्यक्षरूपले घरमै गएर जानीजानी आगो लगाएको नभई प्रतिवादीको गम्भीर लापरबाहीको कारण खरबारीमा फालेको सलाईको काँटीबाट आगो सल्कदै गई जाहेरवालाहरूको घर र स्कुलसमेत जली नस्ट भएकोमा यस्तो वारदातलाई छुट्टाछुटै वारदात कायम गरी सजाय गर्न मिल्ने पनि नदेखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय हर्कबहादुर भट्टराई, रामप्रसाद पण्डित तथा वैतनिक अधिवक्ता किरण गुप्ता अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, आगो लगाउनेको महलको ४ र ५ नं. सुरू तहमा फैसला गर्ने : जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री विदुर बिक्रम थापा फैसला न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भइ दायर हुन आएको प्रस्तुत मुद्दाको सारसंक्षेप यसप्रकार रहेको छः- जिल्ला तेह्रथुम सक्रान्ति बजार गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा जीवनचन्द्र श्रेष्ठको घर, पश्चिममा तुलसी गौतमको घर, उत्तरमा हुलाकी बाटो र दक्षिणमा पदमबहादुर लम्जेलको घर यति चार किल्लाभित्रको छविलाल गौतमको घरमा बस्दै आएको ओमबहादुर लम्जेलको ढुङ्गा माटोले ब