निर्णय नं. ९६०२ - संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६०२ - संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/०६/०७ ५६२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।६।७।५ मुद्दा : संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको ०७०-CR-००५६ पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : गोरखा जिल्ला करौजा गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय, कास्कीमा थुनामा रहेका कुलमान घले गुरूङसमेत ०७०-CR-००५७ पुनरावेदक / प्रतिवादी : मुस्ताङ जिल्ला मार्फा गाउँ विकास समिति वडा नं.१ घर भई हाल कारागार कार्यालय, कास्कीमा थुनामा रहेका श्यामप्रसाद लालचन विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जाहेरीले नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा वन्यजन्तु मार्ने कार्य र वन्यजन्तुको आखेटो पहार राख्नेसम्मको निषिद्ध कार्यलार्इ पनि एकै दफामा राखे पनि सो कार्यलार्इ कसुरको मात्रानुसार विचार गरी सजाय गर्न अधिकतम र न्यूनतम सजायको व्यवस्था गरी न्यायकर्तालार्इ स्वविवेकीय सजाय निर्धारण गर्न सक्ने गरी कानूनी प्रावधान विधायिकाले निश्चित गरेको देखिन्छ । यसरी विधायिकाले दण्ड निर्धारण गर्न विस्तारित प्रावधान राखे पनि तजबिजी अधिकारको प्रयोग आत्मगत वा स्वेच्छाचारीरूपमा गर्न मिल्दैन । त्यस्तो दण्डको निर्धारण न्यायकर्ताले समन्याय (equity), शुद्ध अन्त:स्करण (good conscience), प्राकृतिक न्याय (natural justice) का आधारमा कसुरको मात्रा वा गाम्भीर्यता, घटनाक्रम र कानूनले तोकेको परिधिसमेतलार्इ तुलानात्मकरूपमा अनुपातिक र उचित सन्तुलन (proportional & proper balance) भएको छ छैन ख्याल गरी न्यायिकरूपमा सम्पादन हुनुपर्ने । (प्रकरण नं.६) वादीका तर्फबाट : उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता जयनारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : सम्पर्क अधिकारी श्री कमलजंग कुँवर पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे माननीय न्यायाधीश श्री राजकुमार वन फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- जिल्ला प्रहरी कार्यालय, मुस्ताङको मिति २०६८।२।१५ च.नं.१२६८ को पत्रबाट जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ मा रहेको प्याराडाइज गेस्ट हाउसमा मिति २०६०।२।१४ गते खानतलासी गर्दा २ वटा हिउँ चितुवाको छाला बरामद भएकोले उक्त गेस्ट हाउसका मालिक श्यामप्रसाद लालचन, च.नं. १२७७ मिति २०६८।२।१६ को पत्रानुसार मिति २०६८।२।१५ गते जिल्ला गोरखा करौजा गा.वि.स वडा नं.४ घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने श्यामप्रसाद लालचनको चौंरी गोठमा काम गर्ने कुलमान घले गुरूङ प्रक्राउ भएको, च.नं. १३१२ मिति २०६८।२।२७ को पत्रानुसार गोरखा करौजा गा.वि.स. वडा नं.१ घुनचुक घर भई हाल जिल्ला मार्फा गा.वि.स. वडा नं.४ बस्ने रिञ्जिन हिराचनको चौरी गोठमा काम गर्ने कान्छावीर गुरूङसमेत बरामदी मुचुल्का हिउँ चितुवाको छाला हिउँ चितुवाको हड्डीसमेतका दशी सबुत प्रमाणसहित आवश्यक कानूनी कारवाहीको लागि प