निर्णय नं. ९६०३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६०३ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०१/०५ २७९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति :२०७३।१।५।१ ०६८-WO-०७७३ विषय : उत्प्रेषण / परमादेश निवेदक / पक्ष : सर्लाही जिल्ला बरहथवा गा.वि.स. वडा नं. ८ बस्ने रामऔतार दासको छोरा वर्ष ६१ को किसुनदास कथवनिया विरूद्ध विपक्षी / प्रत्यर्थी : सर्लाही जिल्ला धनगठा गा.वि.स. वडा नं. २ बस्ने सर्युग साहको छोरा वर्ष ६२ को रामपति साह कलवारसमेत जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(५)(ङ) ले मालपोत कार्यालयले रजिस्ट्रेसन दस्तुरको प्रयोजनको लागि निर्धारण गरेको मूल्यसमेतलाई पञ्चकिर्ते मूल्याङ्कनको आधार बनाउन सकिने भए तापनि सम्बन्धित जग्गामा गई स्थानीय व्यक्तिहरूको रोहवरमा निर्धारण गरिएको चलन चल्तीको मोल र पछि तहसिलदारले निर्धारण गरेको मोलको बीचमा ठूलो अन्तर भएको देखिन्छ । यसरी ठूलो अन्तर हुनुको विशेष कारण पञ्चकिर्ते मुचुल्कामा उल्लेख गरेकोसमेत नदेखिएबाट जायजात तायदात गरिनुको औचित्यमै प्रश्न चिह्न खडा भएको स्थिति देखिने । (प्रकरण नं.४) जायजात र पञ्चकिर्ते मूल्याङ्कनमा अस्वाभाविक फरक पर्न गएको अवस्था देखिएकोसमेतका आधारमा सर्लाही जिल्ला अदालतका तहसिलदारबाट मिति २०६७।८।१५ मा भएको पञ्चकिर्ते मूल्याङ्कन रितपूर्वकको नदेखिएको हुँदा सो मूल्याङ्कनलाई सदर कायम गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।३।१६ को आदेश बेरीतको देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.५) निवेदक / पक्षका तर्फबाट : विपक्षी / प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(५) आदेश न्या.दीपकराज जोशी : विपक्षी रामपति साह कलवारले म निवेदकउपर सर्लाही जिल्ला अदालतमा बिगो नं. २६६ को बिगो मुद्दा चलाई उक्त मुद्दामा मेरो नाममा रहेको जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. २ कि.नं. ३०६ क्षेत्रफल ०-१०-५ जग्गाको पञ्चकिर्ते मोल सर्लाही जिल्ला अदालतको तहसिलदारज्यूले मिति २०६७।८।१५ गते प्रतिकट्ठा रू. २१,०००।– कायम गर्नुभएकोले उक्त पञ्चकिर्ते मोल बदर गरी कानूनबमोजिम रित पुर्याई पुनः प्रचलित मोल कायम गरिपाउँ भनी उक्त आदेशउपर सर्लाही जिल्ला अदालतमा अ.बं. ६१ नं. बमोजिम निवेदन दिएकोमा मेरो निवेदन जिकिर सम्बद्ध कुराको खण्डन नगरी तहसिलदारज्यूले गरेको आदेश नै सदर गर्ने गरी सर्लाही जिल्ला अदालतबाट मिति २०६७।१०।६ गते आदेश भएकोमा उक्त आदेशउपर पुनरावेदन अदालत, जनकपुरमा उक्त बेरीतको आदेश बदरको लागि अ.बं. १७ नं. अनुसार निवेदन दिएकोमा पुनरावेदन अदालत, जनकपुरबाट सर्लाही जिल्ला अदालतबाट मिति २०६७।१०।६ गते भएको आदेशलाई नै सदर गरी मिति २०६८।३।१६ गते आदेश भएको छ । पञ्चकिर्ते मुचुल्का हुँदा जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(४) अनुसार गा.वि.स. को प्रतिनिधि साक्षी नराखेकोले बेरीतको छ भने अर्कोतर्फ जि.अ.नि. (२०५२ को नियम ७५(५)(घ) ले व्यवस्था गरेअनुसार अदालत रहेको मलंगवा न.पा. र मालपोत कार्यालय, सर्लाहीको प्रतिनिधि साक्षी राखी पञ्चकिर्ते मोल कायम नभएकोले बदरभागी छ भने अर्कोतर्फ सर्लाही जिल्ला अदालतबाट मिति २०६७।६।१६ गते जग्गामा गई जायजात तायदात मुचुल्का हुँदा उक्त जग्गाको मोल प्रतिकट्ठा रू. ५०,०००।– कायम गरिएको छ र सोमा विपक्षी रामपति साह कलवारले समेत स्वीकार गरी सहीछाप गरेको छ, सोलाई पञ्चकिर्ते मोल कायम गर