निर्णय नं. ९६०४ - परमादेश / उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६०४ - परमादेश / उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०१/१२ ३३४४ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति :२०७३।१।१२।१ ०७०-CI-१३०८ मुद्दाः परमादेश / उत्प्रेषण पुनरावेदक / विपक्षी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ स्थित जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिसमेत विरूद्ध प्रत्यर्थी / निवेदक : गण्डकी अञ्चल, कास्की जिल्ला, पोखरा उप महानगरपालिका वडा नं. १७ घर भई हाल ऐ. वडा नं. ८ स्थित जनप्रिय बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख पदमा कार्यरत रहेको माधवप्रसाद घिमिरे निवेदकले करकाप र जोरजुलुमपूर्ण तरिकाले बाध्यतामा राजीनामा दिएको, स्वेच्छाले राजीनामा नदिएको, सहप्राध्यापकको राजीनामा स्वीकृत गर्ने कार्य कानूनसम्मत नदेखिएको, रोजगारीसम्बन्धी नागरिक स्वतन्त्रताको हनन् भएकोसमेत देखिँदा निजलाई सहप्राध्यापक पदबाट बञ्चित गर्ने कार्य नियमसंगत भएको देखिएन भने SMS सम्बन्धी २ जनाको निजी मामिलामा सचेत नगराई वा सफाइको मौकासमेत नदिई पद र रोजगारी नै हरण गर्ने कार्य मनासिब मान्न नसकिने । (प्रकरण नं.९) पुनरावेदक / विपक्षीका तर्फबाट : प्रत्यर्थी / निवेदकका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम आदेश न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, पोखराको मिति २०७०।१०।०८ को फैसलाउपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः म निवेदक विगत दुई दशकभन्दा अगाडिदेखि देशका विभिन्न महाविद्यालयहरूमा प्राध्यापनको कार्य गर्दै आएको व्यक्ति हुँ । विगत १५ वर्ष अगाडिदेखि जनप्रिय बहुमुखी क्याम्पसमा उपप्राध्यापकको रूपमा सेवा सुरू गरेको, नेपाली विषयको विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुख रही निष्ठा र मर्यादाको साथ कर्तव्य निर्वाह गरी आएको र आफ्नो योग्यता र दक्षताले जनप्रिय बहुमुखी क्याम्पसको एकमात्र सहप्राध्यापक भई प्राध्यापन गर्दै आएको छु । मेरो पूर्ववर्ती क्याम्पस प्रमुख भरतराज गौतमले छाड्नुभएपछि रिक्त हुन आएको क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले मलाई क्याम्पस प्रमुख नियुक्ति गर्ने निर्णय गरी मिति २०६९।५।१३ देखि क्याम्पस प्रमुखको रूपमा काम गर्ने गरी नियुक्त गरेको हो । मैंले क्याम्पस प्रमुख पद समाल्दा शैक्षिक एवं अन्य सबै क्षेत्रमा क्याम्पसको गतिविधि अस्तव्यस्त बनाइएको थियो । यही अव्यवस्थाबाट लाभ उठाइरहेका तत्त्व नै मेरा नियुक्तिको विरूद्ध थिए र मबाट पनि त्यस्तो काम गराई लाभ लिन चाहने योग्यता नपुगेको र गुणस्तर नरहेकालाई पदोन्नती गराउन मलाई निरन्तर दबाब पनि दिएका थिए । यस्ता अवाञ्छित दबाबलाई मैंले प्रतिकार गर्दै आएको थिएँ । मिति २०७०।७।५ को दिन पठनपाठन बन्द रहेको भए पनि प्रशासन खुलेकोले म आफ्नो पदीय दायित्वका कामले गर्दा क्याम्पस गएको थिएँ । उक्त दिन अपराह्न करिब ४.३० बजेको समयमा यसै क्याम्पसका पूर्व का.वा. अध्यक्ष एवं वर्तमान सल्लाहकार परशुराम बरालले क्याम्पसको मूल भवनको तेस्रो तलामा रहेको विश्वविद्यालय अनुदान समिति (U.G.C.) को अफिसमा आउनुहोस् भनी मलाई बोलाउनुभयो र म तेस्रो तलामा पुगेर सो कार्यालय कोठाभित्र खुट्टा राख्नासाथ मलाई निजले क्याम्पसका नाउँमा रहेको र मेरो निजी सिमकार्डसमेत रहेको मोबाइल खोसी घोक्र