निर्णय नं. ९६०५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६०५ - परमादेश भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/११/०२ ३५०९ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा फैसला मिति : २०७२।११।२।१ ०७०-WO-०२३९ मुद्दा :परमादेश निवेदक : राजबोल गिरीको नाति तुलसी गिरीको छोरा खोटाङ जिल्ला महादेवस्थान गा.वि.स. वडा नं ४ हलेसि गुठी बस्ने वर्ष ७८ को बमप्रसाद गिरीसमेत विरूद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंसमेत ताम्रपत्रबाट पुजारी भएका हलेसी महादेव मन्दिरका मनोहर गिरीको सन्तान यी निवेदकहरू भएको कुरामा विवाद छैन । यस्तो पुजारीको शिष्य प्रशिष्यबाट पूजाआजा गराउनु पर्ने गरी यो गुठीको व्यवस्था भई यसको लागि जग्गा आदि समेत प्रदान भएको राज्य प्रमुखको काम कारवाहीलाई गुठी संस्थानले सम्मान र आदर गर्नुपर्ने । मनोहर गिरीका शिष्य प्रशिष्य यी निवेदक सन्तान बाहेक अरू देखिन आएका छैनन् । मनोहर गिरीका हकवाला निवेदकसमेतका सन्तानले कुनै बेहिसाब गरेमा सफाइको मौका दिई पालोवालालाई निकाल्न नसकिने होइन । त्यसपछि निजहरूका हकवाला भएमा हकवालाले र नभएमा मात्र गुठी संस्थानले पुजारीसमेतको बन्दोबस्त गर्दा ताम्रपत्र र खड्गनिसानाको पनि सम्मान हुन्छ । सो नभई अचानक नयाँनयाँ पुजारी नियुक्त हुँदा भक्तजनले पनि कतैनकतै केही असजिलो महसुस गर्ने परिणाम आउन सक्छ । पूजाआजाको आफ्नै गोपनीयता र विधिविधान हुन्छ जुन गोप्यरूपमा गायत्री मन्त्र जस्तै अरूले थाहा नपाउने गरी शिष्य प्रशिष्य वा पुस्ता दरपुस्ता हस्तान्तरण हुन्छ । यो खास कला र सीप पनि हो । यसकारण जबसम्म मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तानबाट मन्दिरको पूजाआजा विधिविधानबमोजिम हुन्छ त्यसमा बिना मतलब खलल पार्नु उचित हुँदैन । यसप्रकारको खललबाट धर्मकार्यको संरक्षण भएको मान्न नमिल्ने । व्यवहारबाट पनि विपक्षीहरूले मनोहर गिरीका सन्तानको विकल्पमा अरू राम्रो र उपयुक्त पुजारी पाउन सकेको देखिँदैन । अतः निवेदकहरूलाई पुजारी भनी ५ वर्षको लागि विपक्षी संस्थानले नियुक्ति दिएको मिले पनि निज पुजारीहरूलाई अवरोध हुने गरी गुठी संस्थानले समिति आदि गठन गरी कुनै काम कुरा गर्नु फलदायी हुने नदेखिने । ताम्रपत्र आदिको सम्मान गरेर सम्पत्ति आदिको हिसाबकिताब र व्यवस्थापन भने गुठी संस्थानले अवश्य गर्न सक्छ । तर सनातनबाट चली आएको परम्पराअनुसार हलेसी महादेवको नित्य पूजाआजा सञ्चालन गर्न महन्त मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तानमध्ये यी रिट निवेदकहरूलाई परम्परागत पूजाआजा गर्नबाट हलेसी महादेव व्यवस्थापन समितिले रोक्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१७) निवेदकका तर्फबाट :विद्वान् वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी विपक्षीका तर्फबाट :विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा, विद्वान् अधिवक्ता हरिन्द्रप्रसाद राई अवलम्बित नजिर : ने.का.प.२०३२, अङ्क ११, नि.नं.९४६ ने.का.प.२०४६, अङ्क ४, नि.नं.३८०४ ने.का.प.२०४८, अङ्क १०, नि.नं.४३११ ने.का.प.२०६३, अङ्क १, नि.नं.७६४१ ने.का.प.२०६४, अङ्क १०, नि.नं.७८८५ ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२३८ ने.का.प.२०६७, अङ्क १, नि.नं.८३०० ने.का.प.२०६८, अङ्क ४, नि.नं.८६०४ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ गुठी संस्थान ऐन, २०३३ को दफा १६, १७, १९, ३६ आदेश न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ (२) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत र