निर्णय नं. ९६०६ - उत्प्रेषण / प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६०६ - उत्प्रेषण / प्रतिषेध भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/०३/०६ ५३६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।३।६।१ ०६८-CI-१३०५ विषय :उत्प्रेषण / प्रतिषेध पुनरावेदक / प्रतिवादी : ध्रूवप्रसाद शर्माको छोरा पर्सा जिल्ला, विरगंज महानगरपालिका, वडा नं. ३ बस्ने शत्रूघन कुमार नेपालसमेत विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला पर्सा, विरगंज उ.म.न.पा. ३ घर गई काठमाडौं का.म.न.पा. वडा नं. १२ ईश्वरी शर्मा नेपाल को मु.स. गर्ने श्रृजना नेपाल निश्चित कानूनबमोजिमको कार्यविधि पूरा नगरी गरिएको निर्णय त्रुटिपूर्ण हुन्छ । निवेदिकाउपर चलेको मुद्दामा रितपूर्वक म्याद सूचना नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको पनि विपरीत छ । सम्बन्धित व्यक्तिलाई नबुझी आफ्नो भन्ने मौकासमेत नदिई निवेदिका प्रत्यर्थीको हक प्रतिकूल हुने गरी निर्णय गर्न नमिल्ने । प्राकृतिक न्यायको सिद्धान्त (Principle of Natural justice) प्रत्येक नागरिकको मौलिक तथा नैसर्गिक हकसमेत भएको र हाम्रो न्याय प्रणालीले यसलाई प्राथमिक र मूलभूत सिद्धान्तको रूपमा अंगिकार गरी न्याय निरूपणको सन्दर्भमा सर्वाधिक महत्त्व दिई आएको छ । प्राकृतिक न्यायको सिद्धान्तबमोजिम जसको विरूद्ध निर्णय गरिन्छ सो व्यक्तिलाई बुझ्ने, के कुन गल्ती कसुर अपराध गरेको छ सो कुरा निजले प्रस्टरूपमा जानकारी पाउने र निजले पनि आफ्नो विरूद्धका कुराहरू राख्न पाउनु पर्ने हुन्छ । सुनुवाईको लागि उचित अवसर तथा मौका नदिई गरेको निर्णयले न्यायिक प्रक्रियामा वैधानिकता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता धिरजकुमार यादव प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : जन्म, मृत्यु तथा व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा १५ को उपदफा (२) विशेष अदालत ऐन, २०५९ को दफा १० को उपदफा (१) सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री दिनेशकुमार कार्की मा. न्यायाधीश डा. आनन्दमोहन भट्टराई आदेश न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।१२।८ मा भएको अन्तिम आदेश पुनरावेदनको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) अनुसार पुनरावेदन परी पेस हुन आएको प्रस्तुत आदेशको संक्षिप्ततथ्य एवं व्यहोरा यसप्रकार छः- ध्रूवप्रसाद शर्माका २ श्रीमतीहरूमध्ये जेठी श्रीमती पद्मकुमारी नेपाल र कान्छी श्रीमती म निवेदिका इश्वरी शर्मा नेपाल हुँ । ध्रूवप्रसाद र निजको जेठी पत्नीको तर्फबाट २ छोरा विपक्षी भरतप्रसाद शर्मा नेपाल र कान्छा शत्रूघनकुमार शर्मा नेपालको जायजन्म भएको छ । त्यस्तै म निवेदिकाको तर्फबाट दुई छोरीहरू श्रृजना नेपाल र सविना शर्मा नेपालको जायजन्म भएको छ । पति ध्रूवप्रसाद शर्मा आफ्ना कालगतीले मिति २०६१।२।३ मा परलोक भइसक्नुभएको छ । मैले प्रतिवादी भरतप्रसाद नेपालउपर पर्सा जिल्ला अदालतमा दायर गरेको दे.नं. २६३१ को अंशदर्ता मुद्दामा पर्सा जिल्ला अदालतबाट दाबीबमोजिम अंशहक पाउने गरी मिति २०६४।९।२४ मा र सोही फैसला सदर हुने गरी मिति २०६७।१।१३ मा पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको छ । एक कित्ता जग्गाको हकमा मलाई चित्त नबुझेकोले मैले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरेकी छु, उक्त मुद्दा विचाराधीन रहेको छ । मैले अंश हक पाउने गरी फैसला भइसकेपश्चात मलाई दुःख हैरानी दिने नियतले झुट्ठा विवरण द