निर्णय नं. ९६०७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६०७ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०२/०४ ३१०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७३।२।४।३ ०६८-WO-०५४६ मुद्दा:- उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, धर्मस्थली गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ५१ को कृष्णप्रसाद तिमिल्सिनासमेत विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौंसमेत व्यक्तिगत जग्गादर्ताको विषयमा विपक्षी मालपोत कार्यालयले आफ्नो जग्गादर्ताको अधिकार प्रयोग गर्दा सबुद प्रमाण, साबिक दर्ता, स्थलगत सर्जमिन, नापी आदी गरी जग्गा दर्ता गर्न मिल्ने नमिल्ने भन्ने आफ्नो अर्धन्यायिक अधिकार प्रयोग गरी निर्णयमा पुग्नुपर्नेमा त्यसो नगरी प्रस्तुत मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६५/७/२८ को निर्देशन र सोको आधारमा गरेको विपक्षी मालपोत कार्यालयले जग्गाको दर्ता व्यक्तिका नाममा नगरी नेपाल सरकारको नाममा दर्ता गर्ने गरी मिति २०६५/८/१८ मा निर्णय गरी दर्ता स्रेस्ता तयार गरी नेपाल सरकारको नाममा प्रमाणपुर्जासमेत तयारगरी स्थानीय जिल्ला प्रशासन कार्यालयमा पठाएको कार्य कानून र विधीगत प्रक्रियाअन्तर्गत रही भए गरेको नदेखिने । आफूले अर्धन्यायिक अधिकारको प्रयोग गर्न पाउने गरी मालपोत ऐन, २०३४ ले प्रदान गरेको जग्गा दर्ता गर्ने कार्य ऐन, कानून र न्यायका मान्य सिद्धान्त प्रयोग गरी न्यायिक विवेकको आधारमा निर्णयमा पुग्नुपर्नेमा त्यसो नगरेको हुँदा विपक्षी आयोगको निर्देशनमा रही गरेको मालपोत कार्यालयको मिति २०६५/८/१८ को निर्णय कानूनबमोजिमको नहुँदा कायमै रहन सक्ने अवस्था नदेखिने । विपक्षी आयोगको निर्णय पनि न्यायिक विवेक र कानूनी विधिगत प्रक्रियाअनुरूप प्राप्त अधिकारको सीमाभित्र रही गरेको नभई अधिकारको अतिप्रयोग गरी अनुचित कार्य र भ्रष्टाचारको सम्बन्धमा छानविन अनुसन्धान र तहकिकात गर्ने गराउने अधिकार पाएको निकायले सुनुवाईको मौकानै नदिई गरेको कारवाही एवं निर्णय पनि न्यायिक मान्यता र स्वच्छ सुनुवाईको सिद्धान्तविपरीत भएको देखिएको छ । जसलाई मर्का पर्ने वा पीडित हो सो व्यक्तिलाई नबुझी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत देखिने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्यामप्रसाद खरेल र शम्भु थापा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमादेवी पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ को दफा २४(१) र २४(२) आदेश न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) र सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४०(१) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदन यस अदालतको क्षेत्राधिकारभित्रको हुँदा मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:- काठमाडौं जिल्ला, काभ्रेस्थली गा.वि.स. वडा नं. ५(ङ), कि.नं. १०७ को क्षे.रो. २-१-०-० र ऐ. वडा नं. ५(घ) कि.नं. १२१ को ज.रो. ३-१-०-० जग्गाहरू पिता तोयनाथ तिमिल्सिनाको रै.नं. ७५९ भिडी दर्ता हुने निजी जग्गाहरू हुन् । उक्त जग्गाहरू साबिकदेखि नै पिता तोयनाथ र निजका परिवार निवेदकहरूले निर्वाधरूपबाट निजी जग्गाको रूपमा भोगचलन गरी आएका छौं । जग्गामा रहेको निवेदकहरूको भोग चलनमा कसैको कुनै प्रकारको दाबी विरोध रहेको छैन । जग्गा पर्ती कायम हुने प्रकृतिको रहेको छैन । नापीको समयमा