निर्णय नं. ९६१६ - अपुताली हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६१६ - अपुताली हक कायम भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७२/१२/२३ ९०१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७२।१२।२३।३ ०६९-CI-१२८७ मुद्दा : अपुताली हक कायम पुनरावेदक / वादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने इन्द्रकुमारी देवी चौधरीको अनुमति प्राप्त हरेन्द्रकुमार चौधरी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने नारायणप्रसाद थारू अपुताली हक अपुतालीको २ नं. अनुसार सृजित हक हो र यस्तो हक उक्त नं. मा भएको हकवाला क्रमअनुसार यो यसले प्राप्त गर्ने नगर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । अंश हक सगोलका अंशियाराहरूलाई प्राप्त हुने हक भएकाले मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसारका अंशियारहरूमा जीयजीयको अंश लाग्ने नलाग्ने भनी अदालतले फैसला निर्णय गर्नुपर्ने हुन्छ । कानूनले अपुताली हक खाने हकवाला र अंश पाउने सगोलका अंशियारामा भिन्नभिन्न कानूनी व्यवस्था गरेको हुँदा अंशियार नै नरहेको व्यक्तिले अपुताली हक प्राप्त गर्न सक्दैन भन्न मिल्दैन । संयुक्त नामसारी दर्ताको सम्पत्तिमा दर्तावालाहरूको बराबर हक हुन्छ । दुई जना मात्र हकवाला भई दुवैका संयुक्त नाउँमा दर्ता भएको सम्पत्तिका जग्गाहरूमा दुवै जनाको बराबर हक रहेको हुन्छ । यस्तो संयुक्त हकको सम्पत्तिमा आपसी व्यवहार सजिलो पार्नका लागि एकले अर्कोसँग मुद्दा गरी वा आपसी सहमतिमा आ-आफ्नो भाग छुट्याउन सक्ने भए पनि छुट्याउनै पर्ने भनी बाध्यात्मक अवस्था भने कानूनले गरेको नपाइने । (प्रकरण नं.३) आफैँबाट जन्मिएको सन्तान उसको सबैभन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मेको छोरी रहिछे भने सौतेनी छोरीको तुलनामा आफ्नै छोरी नजिकको हकवाला हुन्छ, छोरी विवाहिता हुनु वा नहुनुबाट कुनै असर पर्दैन । एकै उदरका छोराछोरी वा विवाह भएको छोरी र कन्या छोरी भएमा मात्र तीबीच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्छ । प्रस्तुत मुद्दाको तथ्यमा फरक उदरबाट जन्मेका छोरा र आफैँबाट जन्मेकी छोरी भएको हुँदा आमाको अपुताली छोरीले पाउने स्थिति रहेको देखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंह प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०५३, अङ्क ९, नि.नं.६२६२, पृ.६९७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री शेखरचन्द्र अर्याल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री जगदीश शर्मा पौडेल मा.न्या.श्री बलराम विष्ट फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम पुनरावेदन अदालत, बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला दोहर्‍याई हेरिपाउँ भनी वादीका तर्फबाट यस अदालतमा निवेदन दर्ता भई यस अदालतको मिति २०७०।२।३१ को आदेशले निस्सा प्रदान भई पुनरावेदनमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : स्व. बुद्धिराम थारूको छोरा स्व. शङ्कर थारू हुन् । शङ्कर थारूको दुई श्रीमतीमध्ये जेठी सोनियादेवी थारू र कान्छी सगुनी थारू हुन् । जेठी सोनियाबाट जन्मेका छोरा विपक्षी नारायणप्रसाद थारू हुन् । कान्छी सगुनी थारूबाट जन्मेको एक मात्र छोरी इन्द्रकुमारी हुन् । इन्द्रकुमारीको २०४२ सालमा तेजनारायण थारूसँग विवाह भएको थियो । शङ्कर थारूको नाउँमा दर्ता रहेको जग्गा निज शङ्कर थारूको मृत्युपश्चात् मिति २०५५।११।६ गतेको न