निर्णय नं. ४२९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२९७ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/३१ २३४३ निर्णय नं. ४२९७ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको रिट नं. ८०० आदेश भएको मिति: २०४८।५।३१।२ मा निवेदक : जिल्ला तेह्रथुम चुहान डाँडा गा.वि.स. वार्ड नं. २ बस्ने रामचन्द्र थपलिया विरुद्ध विपक्षी : श्री ५ को सरकार, गृह मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.९ को उपनियम (४) मा सजायँको सूचना पाएको ३५ दिनभित्र पुनरावेदन दिनु पर्छ भन्ने व्यवस्था भएको तर सो बमोजिम रिट निवेदकलाई सजायँको सूचना समेत नदिइएको यस स्थितिमा रिट निवेदकले उक्त निर्णयको नक्कल सारी जानकारी पाएको मितिले ३५ दिन भित्र पुनरावेदन गरेकोलाई म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. प्रहरी महानिरीक्षक दिलबहादुर लामाले म निवेदकलाई प्रहरी नियमावली, २०३३ को नियम ९.५ को देहाय (ङ) र (छ) अनुसार कसूर गरेको भनी नियम ९.१ को देहाय (घ) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी २०४१।९।२३ मा सेवाबाट बर्खास्त गरेको कुरा विपक्षी निकायले मलाई जनाउ पत्रद्वारा जानकारी नगराएकोले अ.बं. १९३ नं. र १९७ नं. बमोजिम सो निर्णयको नक्कल २०४३।४।९ मा सारी सो मितिले ३५ दिन भित्र प्रहरी नियमावलीको नियम ९.१० बमोजिम मिति २०४३।४।१४ मा विपक्षी श्री ५ को सरकार गृह मन्त्रालयमा पुनरावेदन गरेकोमा गृह मन्त्रालयले मेरो पुनरावेदनमा कारवाही गर्दा निज भु.पु. प्र.ना.नि. रामचन्द्र थपलियाले बर्खास्त भएको कुरा निर्णयको नक्कल सारी लिंदा मात्र थाहा पाएको हो भने मिति २०४१।९।२५ देखि २०४३।४।९ सम्म निज कुन कार्यालयमा हाजिर भई तलब भत्ता खाएका थिए सो कुरा कहीँ कतैबाट खुल्न सक्दैन । त्यस अवधिमा निज चुप लागी बसेको र प्रहरी महानिरीक्षकको निर्णयलाई स्वीकार गरी पुनरावेदन समेत नदिएको प्रष्ट हुन्छ । अतः (साविक पेज नं. २२२) निजको पुनरावेदन म्याद भित्र नपरेको हुँदा तामेलीमा राखी दिने २०४६।४।१६ मा श्री ५ को सरकारको निर्णय भएको व्यहोरा जानकारी गराइन्छ भनी मिति ०४७।१।५ को पत्रबाट प्रहरी प्रधान कार्यालयलाई जानकारी दिई म निवेदकलाई कुनै जानकारी नदिएकाले के भएको रहेछ भनी विपक्षी कार्यालयमा बुझ्न जाँदा सो निर्णयको नक्कल मिति ०४७।५।१४ मा सारी लिंदा थाहा पाएँ । ३. विपक्षी निकायले म निवेदकलाई गैरकानुनी रुपले पदबाट बर्खास्त गरेको र कानुनका म्याद भित्र दिएको पुनरावेदन म्याद नाघेको भनी गैरकानुनी रुपले पुनरावेदनपत्र खारेज गरेको तथा सो को जानकारी म निवेदकलाई नदिएको विभागीय कारवाही गर्दा बयान गराउन नपाउनेमा इच्छा विरुद्ध बयान गराई सो को आधारमा सेवाबाट बर्खास्त गर्न नमिल्ने हुँदा विपक्षी निकायहरुको काम कारवाहीले गर्दा म निवेदकको कानुनी एवं नेपालको संविधान, २०१९ को धारा १०(१) ११(२)(ङ) र धारा १५ को हकमा आघात पुगेकोले उत्प्रेषणको आदेश जारी गरी मिति ०४१।९।२३ को निर्णय र ०४६।४।१६ को निर्णय उल्लेख भएको ०४७।१।५ को पत्र बदर गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ४. विपक्षीहरुबाट लिखितजवाफ आए