निर्णय नं. ९६१८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६१८ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७२/११/२० ३८९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।११।२०।५ ०७२-RC-००२० मुद्दाः कर्तव्य ज्यान वादी : प्र.स.नि. भानु चौधरीसमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला गोरखा, नामजुङ्ग गाउँ विकास समिति वडा नं. ८ बस्ने सीता लामिछानेसमेत कुनै शिशु जिउँदो जन्मेको हो वा मृत जन्मेको हो भन्ने कुराको सर्वोत्तम प्रमाण तत्सम्बन्धमा विशेषज्ञता प्राप्त गर्ने चिकित्सकहरूको भनाई नै हुन्छ । चिकित्सकहरूको रायमा लापरवाही वा बेहिसाब देखिएमा, गम्भीरताको अभाव रहेमा वा अयोग्य चिकित्सकबाट राय व्यक्त भएमा बाहेक चिकित्सकहरूको रायलाई प्रमाणमा लिनु उपयुक्त हुन्छ । चिकित्सकको राय मिसिलका अन्य प्रमाणबाट समर्थित भएको अवस्थामा त्यस्तो राय झन् विवादरहित हुन पुग्ने । (प्रकरण नं.३) नवजात शिशुको उचित स्याहारसम्भार नगरेर प्रतिवादी आमाले बच्चा जन्मेको कोही कसैले थाहा पाउलान् कि भनी बच्चालाई कपडामा बेरी लुकाएको त्यसपछि नवजात शिशुलाई रगत आदि फोहोरसरह फाल्नुपर्ने वस्तु ठानी फालेको कार्य र नवजात शिशुलाई घाँटी थिची मार्ने कार्य दुवैको परिणाम नवजात शिशुको मृत्यु हुने कुरामा सन्देह रहन्न । भवितव्यमा बदनियत हुँदैन, सबै कुरा शुद्ध मनसायले गर्दा गर्दै पनि सोच्दै नसोचिने अप्रत्याशित परिणाम उत्पन्न भई मानिसको मृत्यु हुन पुग्छ । भवितव्यको सम्बन्ध अपराधसँग हुँदैन । कार्य निर्दोष हुन्छ । परिणाम अपराध हुन्छ । तर प्रतिवादीको कार्य नै अपराधपूर्ण छ । Homicide by omission पनि homicide नै हो । मुख्य कुरा कर्ताले वारदात गर्दा शिशु मार्ने मनसाय राखेको थियो वा थिएन भन्ने कुरा नै हेर्नुपर्छ । कर्ताको मनसायको परीक्षण कर्ताको कार्यबाट हुन्छ र यसको आधार भनेको सामान्य सुझबुझ भएको मानिसले त्यस किसिमले नवजात शिशुलाई व्यवहार गर्दा नवजात शिशुको मृत्यु हुन्छ अथवा हुँदैन भन्ने नै हुन जाने । (प्रकरण नं.५) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) मुलुकी ऐन, अ.बं.१८८ नं. सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छ । जिल्ला चितवन पिठुवा गा.वि.स. वडा नं. ७ माधवपुरस्थित पूर्व पश्चिम पानी निकास कुलो, उत्तरमा रेशमराज लामिछानेको धान खेत, दक्षिणमा चेतप्रसाद ढकालको धान खेत यति चार किल्लाभित्र उत्तरतर्फ कुलोको किनारामा भर्खर जन्मिएको नवजात शिशुको नौ महिना पुरा पुगेको लास फेला परेको । घाँटीमा नाल बेरिएको, दाहिने आँखामाथि निलो दाग रहेको, घाँटीको भागमा निलो र हल्का सुन्निएको, बायाँतर्फ गालामा मुखको साइडबाट काटिएको आलो घाउ सो घाउबाट रगत बगेको अरू सामान्य अवस्थामा रहेको भन्नेसमेत व्यहोराको मिति २०७०।५।७ गतेको मृतक शिशुको घटनास्थल एवम् लासजाँच मुचुल्का । २०७०/५/७ गते दिउँसो १४ बजेको समयमा जिल्ला चितवन पिठुवा गा.वि.स.वडा नं.७ माधवपुरस्थित धानखेतको बीच कुलोमा नवजात शिशुको लास फेला परेकोले घटनास्थल एवम् ला