निर्णय नं. ९६२१ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६२१ - जिउ मास्ने बेच्ने भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७२/१०/०४ १०८५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।१०।४।२ ०६७-CR-०७२३ मुद्दाः जिउ मास्ने बेच्ने पुनरावेदक / वादी : “ख” कुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं. ४ बस्ने प्रकाश ओझा प्रतिवादीको अश्लील गतिशील दृश्य र चित्र खिचिएकी एउटी मात्र पीडित नभई नाबालकसमेतका ३।४ जना पीडित रहेका छन् । बरामद चिप्समा प्रमोद श्रेष्ठको समेत तस्वीर रहेको भनी प्रतिवादीले अदालतको बयानमा सनाखत गरेको देखिन्छ । ती नग्न तस्वीर र गतिशील दृश्यहरू पीडितहरूको कब्जामा नभई प्रतिवादीको कब्जामा रहेको यसलाई प्रतिवादीले जहिले पनि सार्वजनिक गर्न सक्ने अवस्था हुन्छ । उक्त दृश्य र तस्वीरहरूको माध्यमबाट प्रतिवादीले पीडितहरूउपर नियन्त्रण राख्ने र निजहरूलाई आफ्नो इच्छानुसार काम गर्न जहिले पनि बाध्य गर्न सक्ने देखिन्छ भने पीडितहरू पनि आफ्नो बेइज्जत हुने डरले प्रतिवादीको दासत्वदेखि यौनशोषणसमेतका अनुचित कुराहरू स्वीकार गर्न बाध्य हुने देखिन्छ । त्यो चिप्स फ्लपी आदि हराएको कुरा सिर्फ सजायसँग सम्बन्धित कुरा हुन आउने । (प्रकरण नं.२१) पीडितको जाहेरी दर्खास्त र प्रमाणित बयान तथा प्रतिवादीको मौकाको र अदालतको बयान र बरामद तस्वीरहरूको अध्ययनबाट प्रतिवादीले अश्लील तस्वीर खिच्ने कार्यलाई पेसा नै बनाएको देखिन्छ । नाबालकसमेतको नग्न तस्वीर खिच्नु र संग्रह गर्नुपर्ने प्रयोजन पीडितहरूलाई अनुचित प्रभावमा पार्नु, यौन पेसामा संलग्न गराउनु र अश्लील चलचित्र बनाउनुसमेतका कार्य गर्नुबाहेक अरू हुने कुराको अनुमान गर्न सकिँदैन । पीडितसमेतको लागि प्रतिवादी बाहिरी व्यक्ति हुन् । पीडितसमेतको गोप्य अंगहरू प्रतिवादीले हेर्न मिल्दैन । प्रतिवादीले सो हेरेका र त्यसलाई सुरक्षित तवरले चिप्समा राख्ने कामबाट त्यो कुरा गोप्य रहेन । पीडितसमेतको नांगा तस्वीरहरू कस्तो हुन्छ भनी हेर्नको लागि खिचेको र संग्रह गरेको भन्ने हक प्रतिवादीलाई छैन । आज एउटी पछि दुइटी गर्दागर्दै सयौंको फोटो कस्तो हुन्छ भनी खिच्ने काम अनैतिक र अश्लील हुन्छ । यो पेसा नै हुन जाने । (प्रकरण नं.२२) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषको प्रथम संस्करणमा वेश्यावृत्तिको अर्थ पैसाका लागि परपुरूषसँग यौन सम्पर्क राख्ने पेसा, परपुरूषसँग सहवास गरेर पैसा कमाउने वृत्ति भनी उल्लेख भएको पाइन्छ । यो भनेको गैरकानूनी र अश्लील यौनकार्यसमेत गर्ने र सोबापत पैसा लिने पेसा हो । सामाजिक सदाचार र नैतिकता विरूद्धको यो कार्यमा मानिस किनबेचको वस्तु हुन पुगेकोले नै जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले यसलाई कसुर भनी परिभाषित गर्नु परेको हो । सोही नेपाली बृहत् शब्दकोषमा मास्-नु शब्दको एउटा अर्थ ‘खर्च गर्नु, समाप्त पार्नु, सिध्याउनु’ र अर्को अर्थ ‘दास बनाउनु, कमारो तुल्याउनु’ समेत रहेको छ । वेश्यावृत्ति मानव शोषण अर्थात् जिउ मास्ने कार्य मानिने । (प्रकरण नं.२३) पीडित भनेको जाहेरवालीसमेतका केटीहरू देखिन्छन । ती तस्वीरमा पीडितहरूको कुनै नियन्त्रण छैन । ती तस्वीरहरू खिच्ने क्रममा जाहेरवालीसँग प्रतिवादीले पटकपटक यौन सम्पर्कसमेत गरेका छन् । प्रतिवादी निर्देशित टेली सिरियलमा जाहेरवालीसमेतले कलाकार भई खेलेको र सोबापत पैसा