निर्णय नं. ९६२३ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६२३ - जबरजस्ती करणी भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०१/१५ १५२७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।१।१५।४ ०६९-CR-०५६५ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला कैलाली मालाखेती गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय कैलालीमा कैदमा रहेका अमरबहादुर बोगटी विरूद्ध प्रत्यर्थी / वादी : कैलाली (ङ) परिवर्तित नामको जाहेरीले नेपाल सरकार पीडितको उमेर १४ वर्ष रहेको कुरालाई स्वयम्‌ प्रतिवादीले पनि स्वीकार गरेबाट उमेर सम्बन्धमा विवाद देखिन आएन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को व्यवस्थाअनुसार १६ वर्ष मुनिको बालिकालाई निजको मन्जुरी लिई वा नलिई जे जसरी करणी गरेमा पनि जबरजस्ती करणी गरेको नै ठहर्दछ । पीडितको १४ वर्षको उमेर र यस्तो कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा जबरजस्ती करणीका आवश्यक तत्त्व, जबरजस्ती करणी ठहराउन हुनुपर्ने परिस्थिति आदिका सम्बन्धमा यसमा विवेचना गरिरहनु पर्ने आवश्यकता देखिँदैन । तसर्थ यी पीडित १४ वर्षिया कैलाली ङ लाई प्रतिवादी अमरबहादुर बोगटीले जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन जाने । (प्रकरण नं.३) जबरजस्ती करणी जस्तो नेपाल सरकार वादी भई चल्ने मुद्दामा पीडितको जाहेरी नै पर्नुपर्छ भन्ने पनि हुँदैन । पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लाञ्छना, कसुरदारको डर धाक, आफ्नो चेतना स्तर, आर्थिक सामाजिक पारिवारिक स्थिति जस्ता कारणले पनि जाहेरी दिन नसक्ने अवस्था हुने हुँदा जाहेरी नपरी अन्य कुनै किसिमले घटनाको बारेमा थाहा जानकारी भएमा पनि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने हुन्छ । यस्तो अवस्थामा जबरजस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगिकार गरिरहनु न्यायोचित पनि नहुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६८, अङ्क १०, पृ.१६५७ सम्बद्ध कानून : मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. तथा ३ नं. को देहाय ३ सुरू तहबाट फैसला गर्ने : मा.जि.न्या. श्री विष्णु सुवेदी पुनरावेदन तहबाट फैसला गर्ने : मा.न्या. श्री दीपकराज जोशी मा.न्या. श्री थीर बहादुर कार्की फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मेरो मित बुबा अमर बोगटीले मिति २०६७।१।२२ गतेदेखि मिति २०६७।१०।२८ गतेसम्म मलाई विभिन्न डर त्रास देखाई मेरै घरमा आई रातको समयमा मलाई जबरजस्ती करणी गर्दै आएका हुन् । निजले गरेको जबरजस्ती करणी वीर्यबाट मेरो गर्भसमेत रहन गई मिति २०६७।१०।२९ मा मबाट नवजात शिशु छोरीको जन्मसमेत भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । जिल्ला कैलाली मालाखेती गा.वि.स. वडा नं. ९ बासकोटास्थित पूर्वमा खोला, पश्चिम धर्म मल्लको घर, उत्तर सडक, दक्षिण नवराज कापडीको खेत यति चार किल्लाभित्र रहेको पीडितकै घरको तल्लो कोठामा प्रतिवादी अमर बोगटीले मिति २०६७।१।२२ देखि मिति २०६७।१०।२८ गतेसम्म विभिन्न मितिमा जाहेरवालीलाई डराई धम्काई जबरजस्ती करणी गरेको भनिएको घटनास्थल प्रकृति मुचुल्का । मेरो छोरा र जाहेरवालीको भाई एक आपसमा मीत मीत भनी राख्ने र निजको घर परिवारसँग मेरो पहिलादेखि नै चिनजान भएक